१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा


५ असार, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १७:००