११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

आईसीसी विश्वकप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउने


११ भदाै, काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट २०१९ को ट्रफी नेपाल अाउने भएको छ । विश्वकप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउन लागेको हो । ट्रफी २०१८ को अक्टुबर २७ देखि २९ का बीचमा काठमाडौं अाउने बताइएको छ । दुबईबाट सुरु हुने उक्त ट्रफी टुर नौ महिनामा विश्वका २१ देश र ६० वटा सहर परिक्रमा गर्ने कार्यतालिका बनेको छ ।

सन २०१८ को अगस्त २७ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को दुबईस्थित मुख्य कार्यालयबाट सुरू हुने यात्रा इङ्ल्यान्डको लर्डस क्रिकेट मैदानमा २०१९ जुलाई १४ मा पुगेर अन्त्य गरिने छ । उक्त ट्रफी विश्वकप खेल्ने राष्ट्रहरूमा परिक्रममा गराइने छ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार २०:०३