१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घट्यो


५ असार, काठमाडौं । नेपाली बजारमा शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १२:४८