७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाउने अभियान एमालेको नेतृत्वमा हुनुपर्छः उपाध्यक्ष शाक्य


३ असार, काठमाडाैँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाउने अभियान एमालेको नेतृत्वमा हुनुपर्ने बताएकी छिन । शुक्रबार नेकपा एमालेको बामगती प्रदेश कमिटीले प्रदेशभित्रबाट स्थानीय तहको प्रमुख र उपप्रमुखमा विजयी भएका जनप्रतिनिधिहरूलाई सम्मान र हाैसलासहित बधाई ज्ञापन गर्ने समारोहमा सम्बाेधन गर्दै उपाध्यक्ष शाक्यले राम्रो काम गर्ने भनेकै एमालेले हो भनेर स्थापित गर्नुपर्ने बताइन ।

समारोहमा सम्बाेधन गर्दै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ।

निर्वाचित भएका प्रमुख र उपप्रमुखलाई मेहेनत गरेर काम गर्न निर्देशन दिँदै उनले पार्टी र स्थानीय सरकार जनप्रतिनिधिको सम्बन्ध विगतको जस्तो हुन नहुने बताइन । उनले विगतको पाठबाट सिकेर अहिले पार्टी र जनप्रतिनिधिसँगसँगै अघि बढ्नुपर्ने बताइन । उनले पहिला (२०७४को चुनावमा) फस्ट भएकाे बागमती अहिले (२०७९ को चुनावमा) थर्ड भाछ अब यत्तिकैमा चित्त बुझाएर बस्न पाइदैन भन्दै पार्टीले योजना बनाएर काम अगाडी बढाउनुपर्ने बताइन ।

उपाध्यक्ष शाक्यले समाजलाई रुपान्तरण गर्न जनप्रतिनिधिले नेतृत्व गर्नुपर्ने र ती नेतृत्व गर्नेहरू एमालेको हुनुपर्ने भन्दै विजयी भएका प्रतिनिधिलाई हौसला पनि बाँडिन । उनले सुशासनको स्थापनाका लागि सबैले भ्रष्टाचारविरूद्ध अभियान चलाउनुपर्ने बताइन । पछिल्लो समय राष्ट्रियताको सवालमा गम्भीर विषयहरू सार्वजनिक भैरहेको भन्दै त्यसका लागि लड्नै परे पनि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिइन ।

सोही कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिले विगतमा पार्टीसँग समन्वय नगरेको बताउँदै नवनिर्वाचितहरूबाट त्यस्तो व्यवहार नहोस भनेर सचेत गराए । उनले विगतमा नमिठा कुराबाट पाठ सिक्ने र मिठा कुरालाई थप मजबुद बनाउनुपर्ने बताए । अधिकारीले स्थानीय तहका जनप्रतिनिधिले गरेको काममा पार्टीको इज्जत र प्रतिष्ठा जोडिने भएकाले इमान्दिरतापूर्क काम गर्न अनुरोध गरे ।

समारोहमा सम्बाेधन गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे ।

बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले पार्टीका नीति निर्देशन मान्दै सबैको समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताए । उनले पार्टीको घोषणापत्र कार्यान्वयन गर्नेमा विशेष जोडदिन निर्वाचित प्रतिनिधिलाई निर्देशन पनि दिए ।

सोही समारोहमा नगरहरूको तर्फबाट प्रतिनिधिमुलक धारणा राख्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुई पटक चुनाव जितेका प्रतिनिधिले आफ्ना अनुभव सेयर गरेर नयाँहरूलाई काममा अघि बढ्न सहयोग गर्नुपर्ने बताइन । उनले सबैले मिलेर काम गर्नुपर्ने भन्दै चुनाव जित्न सहयोग गर्ने पार्टी र पार्टीका आम कार्यकर्ताको भावनामा कसैले पनि ठेस नपर्याइ काम गर्नुपर्ने बताइन । उनले पार्टी र शीर्ष नेताहरूबाट सधैँभरी सकारात्मक सुझाव र निर्देशनको अपेक्षा राखिएको बताइन ।

समारोहमा सम्बाेधन गर्दै काठमाडाैँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलन ।

त्यस्तै जिल्ला समन्वय समितिको तर्फबाट प्रतिनिधिमुलक भनाइ राख्दै चितवनका प्रमुख नारायण अधिकारीले पैसा नै नभएको निकायमा बसेर काम गर्दा कठिन हुने बताए । उनले जिल्लाको सरकारी अस्पतालमा डाइलासिस मेसिन किनिदिन पर्यो भन्यो अनुरोध आउँदा पनि सहयोग गर्न नसकेको बताए । उनले बजेटका लागि समन्वय गरिदिन पार्टी नेतृत्व समक्ष अनुरोध गरे ।

समारोहमा सम्बाेधन गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी ।

यस्तै गाउँपालिकाहरूको तर्फबाट प्रतिनिधिमुलक भनाइ राख्दै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका प्रमुख झंक नेपालले घात अन्तर्घातको समीक्षा हुनुपर्ने बताए । उनले अबको दिनमा पार्टीको इमान्दार कार्यकर्ताले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए ।

समारोहमा सम्बोधन गर्दै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंक नेपाल ।

सो अबसमा बामगती प्रदेशभित्रबाट स्थानीय तहको प्रमुख र उपप्रमुखमा विजयी भएका जनप्रतिनिधिहरूलाई सम्मान र हौसलासहित बधाई ज्ञापन गरिएको थियो । शुक्रबार काठमाडौँको सौगात पार्टी प्यालेसमा एक विशेष समारोहको आयोजना गरेर बामगती प्रदेश कमिटीले सबै जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

विजयी भएका जनप्रतिनिधिलाइ अबिर र मालाले अभिनन्दन गर्दै एमाले नेताहरू ।

एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाका अनुसार बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये एमालेले २६ जना प्रमुख र ३४ जना उपप्रमुख जितेको छ । एमालेले १७ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिकाको प्रमुख जितेको छ । त्यस्तै ११२१ वडा अध्यक्ष मध्ये एमालेले ३६३ माविजय प्राप्त गरेको छ । बागमतीको कुल ५८०६ जना जनप्रतिनिधि मध्ये एमालेबाट २०५५ निर्वाचित भएको र जिल्ला समन्वय समितिको नेतृत्वमा रसुवा, चितवन र भक्तपुरमा एमालेको नेतृत्व स्थापित भएको उपसचिव बर्तौलाले बताए ।

समारोहमा प्रमुख अतिथि र अतिथिसहित नवनिर्वािचत जनप्रतिनिधि सामूहिक तस्बीर कैद गराउँदै ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार २३:२६