७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो


३१ जेठ, काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुप,याँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार ११:२२