१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दोर्दी खोला जलविद्युतको आइपीओमा आज पनि आवेदन दिन सकिने


३१ जेठ, काठमाडाैँ । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो ।

जसमा (५ प्रतिशत) १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र (३ प्रतिशत) ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । दोर्दी खोला जलविद्युतको आइपीओमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार ०८:५३