६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

फोहोरमा सहमति जुटेपछि वार्ताका नाममा फोटो खिचाउन कांग्रेस नेताहरू सिंहदरबारमा


२७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोरमैला ब्यवस्थापनका बारेमा एक सातका बीचमा दोस्रो पटक मध्यरातमा १८ बुदेँ सहमति भएको छ । काठमाडौंको फोहोर राती मात्रै व्यवस्थापन गर्ने देखी प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपुर्ति दिनेलगायत सम्झौता भए पछि शुक्रवार देखी अबरोध नहुनेसमेत भएको छ ।

यसअघि ककनी गाउँपालिका अध्यक्ष र धुनिवेशी नगरपालिकाका प्रमुखको उपस्थितिमा भएको सहमति अस्वीकार गर्ने प्रभावित क्षेत्रका वडा अध्यक्षहरूको उपस्थितिमा मध्यरातमा फोहोर व्यवस्थापनका नाममा दोस्रो सहमति भएको हो ।

सहमति हुनुअघि कानमा तेल हालेर बसेका नेपाली कांग्रेसका महामन्त्री गगन थाप, नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महत, नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, नेकपा एमालेका नेता भूमि त्रिपाठी र नारायणप्रसाद खतिवडा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायत अहिले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसँग वार्ताका नाममा तस्बीर खिचाउन गएका छन ।

फोहोरका नाममा अनावश्यक राजनीति गर्ने र सिसडोल र बञ्चरडेँडाका स्थानीयको बद्रनाम गराउने खेलमा लागेका नेताहरू पनि अहिले फोहोर व्यवस्थापनमा सहमति जुटाउन भन्दै वार्तामा बसेका छन । जबकी काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको उपस्थितिमा वडा अध्यक्षहरूले मध्यरातमा सहमति गरे फोहोर व्यवस्थापनमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर गरिसकेका छन ।

दुइ पटक सहमति बनिसकेपछि फेरि नेताहरू सहरी विकास मन्त्रालयमा वार्ताको नाममा फोटो खिचाउन बसेपछि अनेक खालका प्रतिक्रियाहरू व्यक्त भएका छन । उनीहरूको वार्ता अहिले पनि जारी रहेको छ।

मध्यरातमा भएको सहमतिमा ‘काठमाडौं महानगरपालिकावाट बञ्चरे डाँडा कुडुँलेलेसम्म फोहोर ढुवानी गर्ने कार्य दिर्घकालिन रुपमा रातीको समयमा गर्ने, रातीको समयमा आवाश्यक पुर्वाधार बत्ती तथा वाटोको निमार्ण तथा व्यवस्थापन महानगरपालिकाले तीन महिनाभित्र गर्ने’ उल्लेख छ ।

त्यस्तै भनिएको छ ‘सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिना भित्र व्यवस्थापन गर्ने ।’ सहमति पत्र अनुसार फोहोर बोक्ने गाडीवाट बाटोमा लिच्चड नचुहिने ब्यवस्था एक महिना भित्र मिलाउने जिम्मेवारी महानगरपालिकालाई दिईएको छ ।

प्रभावित क्षेत्र आवतजावत गर्ने तीन पिप्ले गल्छी बैकल्पिक राजमार्गको लागि नेपाल सरकारसँग अनुरोध गर्ने देखी तीन पिप्ले देखी बञ्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लागत कायम गर्न पहल गर्नेलगायत १८ बुदेँ सहमति भए पछि काठमाडौं उपत्यकाको फोहोर आज देखी उठने भएको हो ।

सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौडयाल, ककनी गाउँपालिका १ नम्करका वडा अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, तिलकबहादुर लामासहित धुनीवेसी नगरपालिकाका वडा अध्यक्षहरु श्रीमानबहादुर तामाङ, प्रकाश हमाललगायतल हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार ०९:५३