७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ख्वप कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक राष्ट्रिय सम्मेलन हुने


२६ जेठ, भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन जेठ २९ र ३० गते दुई दिन हुने कलेजका प्राचार्य रूपक जोशीले बताए । दुवै दिन हुने सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाइएको छ । दोस्रो दिन भने चार वटा टेक्निकल सेसन हुने जोशीले बताए ।

पहिलो दिन प्रा. डा. पुष्कर बज्राचार्य, प्रा. डा. धु्रबुकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्रा. डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर विष्ट प्लेनरी सेक्सनमा रहने छन् । सम्मेलनमा ४० जनाभन्दा बढीको प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले बिहान साढे आठ बजे कलेजमै गर्ने छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १८:२६