१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मन्त्री विवादले जसपा फेरि फुटको संघारमा


२६ जेठ, काठमाडाैँ । मन्त्री विवादले उपेन्द्र यदाव नेतृत्वको जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । जसपामा विवाद भुसको आगोझैँ सल्किरहेको एक नेताले जानकारी । विवाद समाधान गर्न अध्यक्ष उपेन्द्र यादवले ढिलाइ गरे विभाजन हुने चरणमा पार्टी पुगेको ती नेताको भनाइ छ ।

विवादको कारण मन्त्री पद नै हो । पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरू छ महिना त के आठ महिनामा पनि फिर्ता नहुने पक्षमा छन् । २२ असोज २०७८ मा मन्त्री भएकाहरू रेनुकुमारी यादव, महेन्द्रराय यादवलगायत मन्त्री भएका थिए । पार्टीका सङ्‍घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले मन्त्री भएकाहरूलाई छिटो फिर्ता गर्न दबाब दिइरहेका छन् ।

तर, अध्यक्ष यादवले भने भट्टराईको मागलाई वास्ता गरेका छैनन् । भट्टराई पार्टीको तर्फबाट नयाँ मन्त्रीहरू पठाउनुपर्ने पक्षमा छन् । यादवको चाहना भने वर्तमान मन्त्रीहरूलाई नै निरन्तरता दिनेमा छन् । सोही कारण जसपामा विवाद भएको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार ११:१२