८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

१ मेघावाट क्षमताको जलविद्य‍ुत आयोजना निर्माणमा तिला गाउँपालिकाको सहकार्य


२६ जेठ, जुम्ला । जुम्लाको तिला गाउँपालिकासँगको सहकार्यमा तिला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । ११ करोड रुपैयाँ लगानीमा आयोजनाको निर्माण कार्य सुरु भएको हो । आयोजना निर्माणको अगुवाई नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले गरेका छन् ।

उनले टुक्रे योजनाभन्दा पनि महत्वपूर्ण विकासे संरचना निर्माणमा ध्यान दिइएको बताए । उनले भने, ‘यो तिला गाउँपालिकासँग सहकार्य गरेपछि खर्च र आम्दानी तिला गाउँपालिकाकै हुन्छ । त्यही भएर आयोजनासँग गाउँपालिकाको अपनत्व बढी हुनुपर्छ’, बुधबार पत्रकार सम्मेलन गर्दै सांसद महतले बताए ।

उनले आयोजना निर्माणको खर्च सबै गाउँपालिकामार्फत भएकाले आर्थिक विषयमा आफू संलग्न नभएको पनि प्रष्ट पारे । आयोजना निर्माणमा आवश्यक मेसिन भने चीनदेखि ल्याइने भएको छ । जसका कारण निर्माण कार्य ढिलाइ भएको महतको भनाइ छ । तर, पनि आयोजना बन्ने उनले दाबी गरे ।

‘मेरो केही कमजोरी थियो भने ठोस योजनामा सर्ब लगानी गर्नुथियो तर बनेर छोड्छ आयोजना । गाउँपालिकाले बनाउनु राम्रो हुन्छ । किनकि गाउँपालिकाले बनाउँछु भनेर हस्ताक्षरसमेत गरेको छ’, महतले भने ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १०:१४