१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कञ्चनपुरमा पूर्वाधार सम्पन्न शहर निर्माण हुँदै, तीन अर्ब खर्च गरिने


२३ फागुन,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा व्यवस्थित र पूर्वाधार सम्पन्न शहर निर्माणका लागी तीन अर्बको आयोजना सञ्चालनमा आएको छ ।

शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंक सहयोगमा आयोजना सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न शहर बनाउन आयोजना सञ्चालन गरिएको बताए ।

आयोजनाअन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ । भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले रु एक अर्ब ७० करोड लगानीमा ढलसहितको दुई लेनको नमूना सडक निर्माण हुने बताए । फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १५:०२