१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शौर्य सिमेन्टले उद्योग परिसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनायो


२२ जेठ, काठमाडौँ । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । शौर्य सिमेन्टका विक्रेताहरू, उद्योगका कर्मचारीहरूलाईको सहभागितामा वृक्षारोप भएको हो । विभिन्न प्रजातिका फलफूल आँप, लिची, अम्बा, कागती, नरिवल जस्ता वृक्ष रोपिएको छ ।

वृक्षमा विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाइ बिरुवा सँगै राखिएको छ । उक्त रोपिएको विरुवालाई हुर्काउन मलजल गर्न मालीको जनशक्ति परिचालन गरिएको छ।

शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले घर र घरको परिसर, उद्योग सबै हरियाली होस् भन्ने चाहनाले उद्योग परिसरमा वृक्षारोपण गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाइ निरन्तरा दिने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १३:०७