१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल प्रगतिशिल प्राध्यापक संगठन पुल्चोक क्याम्पसको अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य


२१ जेठ, काठमाडौँ । नेपाल प्रगतिशिल प्राध्यापक संगठन पुल्चोक क्याम्पसको अध्यक्षमा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा डा त्रिरत्न बज्राचार्य चयन भएका छन । शुक्रबार क्याम्पस भएको प्रगतिशिल प्राध्यापकहरूको अधिवेशनले बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुरज लामिछाने, सचिवमा सूर्य ज्ञवाली, सहसचिवमा टेकराज सुवेदी चयन भएका छन । त्यस्तै सदस्यहरूमा गणेश श्रेष्ठ, नवराज कार्की, संगीत सिंह, अरविन भट्टचन, विष्णुप्रसाद पाण्डे, सुवास बास्तोला र लोकनाथ रेग्मी रहेका छन ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय सचिव देवराज अर्यालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा डा भरतराज पहारी, संस्थानका डिन प्रा डा शशीधर राम जोशी र प्रा डा भद्र पोखरेल पनि उपस्थित रहेका थिए ।

अधिवेशनमा प्रमुख अतिथि अर्यालले प्राध्यापकहरूले सम्बन्धित विषय क्षेत्रमा अनुसन्धानका कामहरू गरेर दृष्टिकोण बनाउनुपर्ने बताए । त्यस्तै नवनिर्वाचित अध्यक्ष बज्राचार्यले संगठनमा रहेर पनि अनुसन्धानमुलक ढंगबाट काम गर्नुपर्ने र संगठनलाई थप स्तरीय बनाएर अघि लैजानुपर्ने बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १७:०१