१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बागमती प्रदेशमा टीभीएसको पहिलो राइड, ३५ जना सहभागी


१७ जेठ, काठमाडाैँ । टीभीएसले बागमती प्रदेशमा पहिलो पटक राइड कार्यक्रम सम्पन्न गरेको छ । जेठ १४ गते पहिलो राइड धादिङको गोर्खाबीच रिसोर्टसम्म भएको थियो भने जसमा ३५ जना सहभागी थिए । राइडमा नेपालका लोकप्रिय मोटोभ्लगर विविध जङ्ग थापालगायत उपस्थित थिए ।

कम्पनीले आगामी दिनमा नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि राइड सञ्चालन गर्ने छ। सो क्रममा राइडर्सहरुका लागि विभिन्न रोमाञ्चक खेलको आयोजना पनि थियो भने बिजेता हरुलाई पुरस्कार तथा सहभागीहरुलाई उपहार र प्रमाण पत्र वितरण पनि वितरण गरिएको जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेलले जानकारी दिए ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार २०:४०