८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दश महिनामा ३७ अर्बको मोबाइल फोन आयात


१० जेठ, काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ । अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको पहिलो १० महिनामै भित्रिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको थियो ।

विभागका अनुसार पछिल्लो दश महिनामा नेपालमा ५३ लाख ६५ हजार ११५ थान मोबाइल भित्रिएका छन् । नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत र भियतनामबाट आउने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो दश महिनामा चीनबाट २२ अर्ब १९ लाख ६० हजार रुपैयाँ, भारतबाट १२ अर्ब ५२ करोड २१ लाख ६७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६१ करोड ४६ लाख ९५ हजार रुपैयाँ, युनाईटड अरब इमिरेट्सबाट २७ करोड २८ लाख ७७ हजार रुपैयाँ र अमेरिकाबाट १४ करोड २५ लाख ७४ हजार रपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १६:५५