१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सत्तारूढ दलले जनतासँग भोट लिए चोट दिएः ग्यासको भाउ २०० सय रूपैयाँ बढ्यो


८ जेठ, काठमाडाैँ । पाँच दलीय गठबन्धनको सरकारले एक साताको बीचमै फेरि पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार २१:०६