८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पर्यटन सचिव एडिलेडमा, राजनीति नेतृत्वलाई नेपाल भ्रमणको निमन्त्रणा


८ जेठ, एडिलेड । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपाने सहितको नेपाली प्रतिनिधि मण्डलले तिन दिने साउथ अष्ट्रेलियाको भ्रमण सम्पन्न गरेको छ । सचिव न्यौपानेले नेपाली प्रतिनिधिमण्डलले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट(नाथम) मा अध्ययनरत विद्यार्थीहरुलाई साउथ अष्ट्रेलियाको प्रविधिक शिक्षा दिदै आएको टेक्निकल एण्ड फर्दर एजुकेशन (टेफ) अन्तर्गत इन्टर्नशिपका गर्ने तथा टेफका विद्यार्थीहरुले नेपालमा इन्टर्नशिप गर्ने सम्वन्धमा संझौताका लागि प्रक्रिया बढाउन भ्रमण गरेको बताए । उनले भ्रमणमा यहाका होटल व्यवस्थापन संग सम्वन्धित अधिकारी संग छलफल भएको र चाडै नै यसले मुर्त रुप पाउने बताए ।

नाथमका कार्यक्रम संयोजक मनराज खत्री सहित तिन सदस्यीय भ्रमणका क्रममा सचिव न्यौपानेले साउथ अष्ट्रेलियाका पर्यटन मन्त्री जो वेटीशन, पुर्व सभामुख रसेल वाट्ले , सल्सवेरि काउन्सिलका मेयर गिलियन मेरी एल्ड्रिज सहित १० जना भन्दा बढि यहाका राजनितिक नेतृत्वलाई पत्र सहित नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

प्रतिनिधिमण्डलको स्वागतमा हिमालयन मल्टिकल्चर सोसाइटीले रात्री भोजको आयोजना गरेको थियो । स्वागत कार्यक्रममा साउथ अष्ट्रेलियाका पुर्व सभामुख तथा सत्ताधारी लेवर पार्टीका सांसद रसेल वाट्लेले नेपाली समुदायले अष्ट्रेलियाको विकासमा खेलेको भुमिकाको प्रशंशा गरेका थिए । पर्यटन सचिव न्यौपानेले नेपाली समुदायबाट भएको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै नेपालको पर्यटनको विकासमा महत्वपुर्ण भुमीका खेल्न अनुरोध गरेका थिए ।

दैनिकीसँग कुरा गर्दै हिमालयन मल्टीकल्चर सोसाइटीका सुजन एसीले सोसाइटीले नेपालको अहिलेको डलर संकट लगायतलाई मध्यनजर गरेर यहाका उच्च राजनीतिक नेतृत्वलाई नेपाल भ्रमण गराउन पहल गरिरहेको सन्दर्भमा नेपालबाट हुने सचिव स्तरिय भ्रमणको जानकारी पाए पछि औपचारिक पत्रका लबिङ गरे अनुसार पत्र हस्तान्तरण गरिएको बताए । उनले नेपालबाट प्राप्त नेपाल भ्रमणको निमन्त्रणालाई स्विकार गरिएको वताउदै छिट्टै भ्रमण हुने बताए ।

साउथ अष्ट्रेलियका पुर्व सभामुख तथा सांसद रसेल वाट्ले संग संसद भवनमा औपचारिक भेटघाट गर्दै नेपाली प्रतिनिधिमण्डल ।
रात्रीभोजमा सम्बोधन गर्दै बाट्ले ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १५:४८