८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चुनाव केन्द्रीत बन्दै बजेटः स्वास्थ्यको कटाैती गरेर कर्मचारीको तलब बढाउने तयारी


८ जेठ, काठमाडौँ । स्वास्थ्यमा बजेट कटौती गर्ने तयारी गरेको सरकारले कर्मचारीको तलब बढाउने प्रस्ताव गरेको छ । लगत्तै संघ र प्रदेशको निर्वाचन हुने भएकाले मत प्रभावति गर्ने गरी सरकारले बजेटको तयारी गरेको छ । सरकारले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको बजेट कटौती गरेर कर्मचारीको तलब बढाउने तयारी गरेको छ ।

देश नै आर्थिक संकटमा पर्न लागेको विश्लेषणसहित सातामा दुइ दिन विदा दिन प्रस्ताव गरेको सरकारले यही समयमा कर्मचारीको तलब वृद्धिको तयारी थालेको छ । कर्मचारीको तलब बढाउने प्रस्ताव अर्थमन्त्रीको टेबलमा पुगिसकेको मन्त्रालय स्रोतले जनाएको छ । एक सातामा नयाँ बजेट प्रस्तुत हुँदैछ ।

यस अघि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट वक्तव्यमार्फत सरकारी सेवामा रहेका राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत र राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशतले तलब बढाएका थिए । तलबबृद्धिको तीन वर्ष पनि नपुगी सरकारले फेरि बृद्धिको तयारी थालेको हो । तलब कति बृद्धि गर्न प्रस्ताव गरिएको भन्ने चाहिँ स्रोतले खुलाएन ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १३:५१