१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अफगान टिभी प्रस्तोतालाई अनुहार ढाक्न तालिबानको उर्दी


८ जेठ, काबुल । तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए ।

तालिबानले सबै महिलाहरूलाई सार्वजनिक रूपमा अनुहारमा बुर्का लगाउन वा सजायको भागिदार हुन आदेश दिएको दुई सातापछि पछिल्लो निर्णय आएको हो ।

१५ अगस्टमा अफगान सत्तामा आएको तालिबानले महिलाहरूमाथि प्रतिबन्धहरू कडा बनाएको छ । उनीहरूलाई पुरुष अभिभावकबिना यात्रा गर्न प्रतिबन्ध लगाइएको छ र केटीहरूको लागि माध्यमिक विद्यालयहरू बन्द छन् ।

तालिबानको पछिल्लो निर्देशन सुनेर आफू चकित परेको एउटा स्थानीय टेलिभिजन स्टेसनमा काम गर्ने एक महिला अफगान पत्रकारले बताइन् ।

‘टेलिभिजनमा हामीलाई रोक्न उनीहरूले अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन् । ‘म कसरी मुख छोपेर समाचार पढ्न सक्छु ? अब के गर्ने थाहा छैन । मैले काम गर्नुपर्छ । घर परिवार पाल्ने जिम्मा ममाथि छ ।’

तालिबानको नयाँ घोषणा २१ मेदेखि लागू हुने रोयटर्स समाचार संस्थाले जनाएको छ । तालिबानको निर्दैशनलाई समूहका प्रवक्ताले ‘सल्लाह’ को रुपमा उल्लेख गरेका छन् । पालन नगर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने बारेमा केही उल्लेख छैन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १२:२८