१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

अमेरिकी नागरिक पनि माओवादीको झण्डा बोकेर विजय जुलुशमा नाचे (भिडियोसहित)


६ जेठ नुवाकोट । नुवाकोटको बेलकोटगढीमा दोस्रो प्रयासमा नेकपा माओवादी केन्द्रका जगत लामाले मेयरमा चुनाव जितेका छन । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको समेत साथ पाएपछि जगतले भारी मतान्तरमा नेकपा एमालेका राजेन्द्ररमण खनाललाई पराजित गरे ।

जगतले आफूलेमात्र जितेन माओवादीको सहयोगमा एक उपमेयरसहित ७ वटा वडामा नेपाली कांग्रेसलाई जिताउन सहयोग गरे । अघिल्लो चुनावमा जम्मा एउटा वडा अध्यक्ष जितेको कांग्रेसले यसपटक माओवादीको सहयोगमा धेरै ठाउँमा विजय प्राप्त गर्यो । माओवादी स्वंयले भने २०७४ मा विजयी भएको वडा नम्बर ३ मा शान्दार र वडा नम्बर ४ मा मुस्किलको विजय निकालेको छ ।

कांग्रेस र माओवादीको गठबन्धनको विजय भएपछि विजयको खुशी मनाउनु कांग्रेस र माओवादी नेताका लागि स्वभाविक विषय नै हो । बेलकोटगढीमा जगतको विजयमा अमेरिकाका नागरिकहरूले समेत माओवादीको झण्डा बोकेर खुशी मनाएका छन ।

जगत लामाले सञ्चालन गरेको सुकमान मेमोिरयल पोलिक्लिनकमा कार्यरत अमेरिकी नागरिकहरूले माओवादीको झण्डा नै बोकेर खुशी मनाएका हुन । विदेशी नागरिकले नेपालको राजनीतिक दलको गतिबिधिमा सहभागी भएर पक्ष वा विपक्षमा लाग्न नपाइने भए पनि उनीहरूले झाण्डा नै बोकेर खुशी मनाएका छन ।  नेकपा माओवादी केन्द्रका नेता शम्भु पनेरूले सामाजिक सञ्जाल फेसबुक मार्फत अमेरिकी नागरिकले पनि माओवादीको झण्डा उचालेर नाचिरहेको भिडियो सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १३:०१