१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा २ कम्पनीको बोनस शेयर र १ कम्पनीको हकप्रद शेयर सूचीकृत


८ जेठ, काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस शेयर र १ कम्पनीको हकप्रद शेयर सूचीकृत भएकाे छ । नेप्सेमा जेठ १ गते देखि जेठ ६ गतेसम्ममा उक्त शेयर सूचीकृत भएको हो ।

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस शेयर वापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । इन्स्योरेन्सको गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट कायम चुक्तापूँजीको १९ प्रसतशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ३ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैगरि, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेको १० प्रतिशत बोनस शेयर वापतको २२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएकाे हाे । कम्पनीले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि गरेर कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, कर्पोरेट डेभलपमेण्ट बैंकको १५० प्रतिशत हकप्रद शेयर वापतको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीले २०७८ माघ ७ गतेदेखि २७ गतेसम्ममा (१५० प्रतिशत) १ः१.५ अनुपातमा १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार २०:३५