८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जसले प्यूठानमा नेकपा एसलाई शून्य पारिदिए


७ जेठ, प्यूठान । नेकपा एकीकृत समाजवादी प्यूठानमा शून्य भएको छ । नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर प्यूठानका दुई पालिकाको जम्मा दुई वटा वडामा उम्मेदवारी दिएकोमा दुबै उम्मेदवार एमालेबाट पराजित भएका छन ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले प्यूठानमा नेकपा एसका नाममा उठेका दुबै उम्मेदवार एमालेबाट पराजित भएको जानकारी दिएका छन । उनले सामाजिक सञ्जला मार्फत एसका उम्मेदवार पराजित हुन सुखद् संयोग रहेकाे भन्दै यसअघि नै एस गुटलाई प्यूठान जिल्लामा उन्मूलन गर्ने घोषणा गरे अनुरूपमै काम सफल भएको बताएका छन ।

नाै बहिनी -१ एमालेका घनबहादुर बुढामगरसँग एसका पुनेबुढामगर पराजित भए भने सरूमारानी-३मा एमालेका भीम मर्साङ्गीसँग एसका हिमालय रिजाल पराजित भए ।

एमाले इन्चार्ज थापाले सामाजिक सञ्जालमा गरेको टिप्पणी यस्तो छ,  एस गुट शून्य
नेकपा(एमाले)विभाजन गरी बनाइएको माधव नेपाल नेतृत्वको एस गुट प्युठानमा शून्य हालतमा पुगेको छ। पहिले २०५६ सालमा र अहिले २०७९ सालमा पार्टी विभाजन गरी बनेका विभाजनकारी दुबै गुटकाे शून्य हालत हुनु भनेकाे सुखद संयाेग नै हाे।

हामीले जिल्ला अधिवेशनमा छ महिनाभित्र एस गुटलाई प्यूठान जिल्लामा उन्मूलन नै गर्ने भनेका थियौँ। तदनुरूप नाै बहिनी -१ काे स्याउलीबाङ र सरूमारानी-३ काे हंसपुरमा गठबन्धनको कृपामा उठाइएका एस पार्टीका वडा अध्यक्षका उम्मेद्वार दुबैकाे एमालेका उम्मेद्वारहरू घनबहादुर बुढा मगर र भीम मर्साङ्गी मगरसँग पराजय भएको छ। र,एस गुट शून्य हुन पुगेकाे छ।

बधाई छ, स्याउलीबाङ र हंसपुरका विजेता याेद्दाहरू र सूर्यमा मतदान गर्ने विवेकी मतदाताहरूलाई धन्यवाद ! विभाजनकाे भ्रममा अलमलिएका सबै साथीहरूलाई ढिलाे नगरी नेकपा(एमाले)मा फर्किन आह्वान गर्दछु। सबैलाई उपयुक्त जिम्मेवारी प्रदान गरी अघि बढाइनेछ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १४:२६