७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सशस्त्र प्रहरीका डिआईजी नारायणदत्त पौडेल एआईजीमा बढुवा, अर्यालपछि आईजी कन्फर्म


६ जेठ, काठमाडाैँ । सशस्त्र प्रहरी बलका डिआईजी नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले वैशाख २१ मा डीआईजी पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ । सशस्त्रमा एआईजीको दुईवटा पद खाली भएपनि समितिले पौडेललाई मात्रै बढुवाका लागि सिफारिस गरेको थियो ।

योसँगै पाैडेलले सशस्त्र प्रहरी बलको महानिरीक्षक हुने बाटो खोलेका छन । उनी वर्तमान महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब दुई वर्ष सशस्त्रको नेतृत्वमा रहनेछन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १४:५८