१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यू-१७ एसिया कपः नेपाल पोट ३ मा


६ जेठ, काठमाडौँ । एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ ।

पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर छन् । बहराइनमा हुने प्रतियोगिताका लागि ‘ड्र’ मे २६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा एएफसीले जनाएको छ । छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन् । एएफसीले शुक्रबारै यू-२० छनोटको ‘ड्र’ पनि सार्वजनिक गरेको छ ।

एएफसीले यसअघि हुँदै आएको यू-१६ र यु १९ को स्थानमा यू-१७ र यू-२० एसिया कप आयोजना गर्न लागेको हो । छनोट अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १० देशमा आयोजना हुनेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ११:३९