६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

लगातार दोस्रो पटक वडा अध्यक्षमा विजयी हुने नुवाकोटको पहिलो महिला बनिन् अम्बिका तामाङ


६ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा विजयी भएकी अम्बिका तामाङ लगातार दोस्रो पटक वडा अध्यक्षमा विजयी हुने नुवाकोटको पहिलो महिला बनेकी छिन । नेकपा एमालेकी नेतृ तामाङले पार्टी भित्र र बाहिर पनि निकै राम्रो छवी बनाएकी छिन ।

वडा अध्यक्षको रूपमा विवादरहित ५ वर्ष व्यतित गरेकी अम्बिकाले पुनः ५ वर्ष वडाको नेतृत्व गर्ने अवसर प्राप्त गरेकी छिन । नुवाकोटको अहिलेसम्म यो चुनावमा दुई जना वडा अध्यक्ष महिला निर्वाचित भएका छन । बेलकोटगढीकै ३ नम्बर वडामा नेकपा माओवादीक केन्द्रकी कौशिल्या पुडासैनी विजयी भएकी छिन । राजनीतिक दलहरूले सम्भव हुँदा वडा अध्यक्षमा उम्मेदवार नै नबनाउने र बनाउनै परे पनि जित्ने आशा कम भएको ठाउँमा मात्र महिलालाई उम्मेदवार बनाउने गरेका छन ।

अम्बिक ६१५ मतसहित विजयी भएकी छिन । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कमलराज सुवेदीले ५४६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका इन्द्र लामाले ५२८ मत प्राप्त गरेका छन । सदस्यहरूमा सबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।

सदस्यहरूमा जीवराज खतिवडा, नगेन्द्रसाद दाहाल, राधाकुमारी पौडेल र माइली दमिनी विजयी भएका छन । वडा अध्यक्षमा विजयी अम्मबिका यसअघि पनि उक्त वडाको अध्यक्ष थिइन । सामान्य परिवारको सदस्य अम्बिका दोस्रो पटक पनि वडा अध्यक्षमा शानदार जित हाँसिल गर्दै नयाँ इतिहास बनाएकी छिन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०९:४०