१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


५ जेठ, काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेपाली कांग्रेसका दीपक कुमार रिसाल ९ हजार ६९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा विजयी भइन् । उनी ८ हजार ८०४ मतसहित निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी शान्ति नेपालले ८ हजार ६०९ र नेकपा माओवादी केन्द्रको उम्मेदवार पेमा छिरी शेर्पाको पक्षमा २ हजार ७०१ मत परेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १२:१४