१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेप्सेमा ६४ लाख ४२ हजार कित्ता बोनस शेयर सूचीकृत


४ जेठ, काठमाडाैँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:०७