६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

छिमेक लघुवित्तको ६ लाख कित्ता शेयर बाँडफाँट


४ जेठ, काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बाँडफाँट भएकाे छ । कम्पनीले चैत १३ गतेदेखि वैशाख १८ गतेसम्म ६ लाख ६ हजार १४० कित्ता शेयर खरीदका लागि आव्हान गरी जेठ ३ गते बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता ६ सय रुपैयाँ मूल्य तोकिएको उक्त शेयर प्रतिकित्ता ६०४ रुपैयाँले खरीद गर्न माग गर्दै आवेदन दिएका आवेदकलाई २ हजार कित्ता शेयर बाँडफाँट गरिएको हो । कम्पनीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री खुला गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १२:१८