१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कान्सको जज बन्न पुगेकी दीपीकाको पहिलाे दिनकाे पहिलाे लुक भाइरल


४ जेठ, काठमाडाैँ । कान्स फिल्म फेस्टिवलले दीपीका पादुकोण थप भाइरल भएकी छिन । कान्सको जज बनेपछि उनको स्वभाव बदलिएको तस्बीरहरू सार्वजनिक भएका छन । दीपीकाको पहिलो दिनको पहिलो लुक नै भाइरल बन्न पुगेको छ । जहाँ उनी निकै सुन्दर देखिएकी छिन ।

उनको तस्बीर दर्शकको नजरबाट हट्न मुस्किल बनेको छ । फिल्मी दुनियाको सबै भन्दा ठूलो पर्वहरूमध्ये कान्स फेस्टिवल पनि एक हो । कान्स फिल्म फेस्टिवल २०२२ जारी छ । कान्समा भाग लिनको लागि दीपीका पादुकोण पनि फ्रान्स पुगेकी छिन । तर सबैभन्दा रोचक कुरा यो छ कि दिपिका कुनै अतिथि बनेर होइन उनि जुरी मेम्बर बनेर भागलिन त्यहाँ पुगेकी हुन ।  जसमा उनको पहिलो दिनको पहिलो लुक भाइरल भएको छ ।

खासगरी कान्स रेड कार्पेटमा अरु जुरीले पनि इन्ट्री गरेका थिए तर जब दिपिकाले इन्ट्री गरिन तब  अधिकांश दर्शकको नजर उनीतिरै केन्द्रीत भयो ।  यस फिल्म फेस्टिवलमा दीपीका हरियो पेन्टमा लुज सर्ट लगाएर पुगेकी थिइन् । उनको भाइरल भएको लुक्स सब्यसाचीको डिजाइन रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ११:२७