१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एडिलेडमा पहिलो नेपाली सहितका डिजाइनरहरुको फेसन शो द बुटिकको तयारी पूरा


३ जेठ, एडिलेड । मे २० मा एडिलेडमा इन्दिरा ग्रुपको आयोजनामा हुने नेपाली सहितका फेसन डिजाइनरहरुको फेसन शो `द बुटिक´ को तयारी पुराभएको छ । शो का लागि नेपाली चलचित्रकी नायीका तथा मोडल स्वस्तिमा खड्का तथा अन्तराष्ट्रिय रुपमै ख्याति कमाएका डिजाइनर युबी थापाले एडिलेड आइपुगेका छन् ।

ग्रुपले मोडल खड्का तथा डिजाइनरहरु सहितको प्रेस मिट सम्पन्न गरेको छ । प्रेस मिटमा एडिलेडमा नेपाली समुदायबाट भएको पहिलो फेसन शोमा दुई नेपाली सहित चार डिजाइनरहरुको फेसनलाई २५ जना मोडलहरुले रैंपमा प्रस्तुत गर्ने आयोजक रुद्र उपाध्यायले बताए । उपाध्यायका अनुसार फेसन प्रदर्शनीमा नृत्य संगीतलगायत मनोरञ्जन पनि हुने र भिआइपी र जनरल गरी दुई श्रेणीका पाहुना रहनेछन् ।

उनले द बुटिक नेपाली समुदायको पहिलो मेगा फेसन शो हुनुका साथै एडिलेडको नेपाली समुदायले आयोजना गरेको सबैभन्दा ठूलो प्रदर्शनी हुने जानकारी दिदै बुटिकहरुलाई सामाजिक संजाल भन्दा प्रत्यक्ष रुपमा प्रर्दशनी गर्ने मौका दिनुका साथै मोडलहरुलाई अनुभब र नया बुटिकहरुको छनौटमा पर्ने अवसर समेत हुने जानकारी दिए । उनले डिजाइनर तथा मोडलहरुलाई पनि मौका चाहिन्छ शुरु खुट्कीलो अगाडि बढ्न त्यसका लागि आफुहरुले मञ्च प्रदान गरेको बताए ।

उनले आगामी एक बर्षमा प्रर्दशनी सहभागी भएका अष्ट्रेलिया रहेका तिनै बुटिकले प्रगति गर्ने विश्वास व्यक्त गरे । अर्को एक प्रश्नमा उपाध्यायले यस्ता फेसन सो हरुको माध्यमबाट पर्यटनको विकास भई ट्राभल एजेन्सी सहित पर्यटन क्षेत्रको पनि व्यवसायमा बृद्धि हुने बताए । कलाकार तथा मोडल खड्काले फेसन सो बृहद र सफल हुने अपेक्षा गरेको बताइन | उनले प्रवासमा फेसन सोको फरक अनुभव हुने भएको समेत बताइन ।

अन्तराष्ट्रिय रुपमै ख्याति कमाएका डिजाइनर थापाले नेपालमा नेपाली संग मात्र प्रस्तुति गरिरहेको सन्दर्भमा प्रवासमा अन्य देशका डिजाइनरहरु संग नेपाल चिनाउने गरि प्रदर्शन गर्न प्रयास गर्ने बताए | अर्को एक प्रश्नको जवाफमा थापाले भारत संग सामाजिक सांस्कृतिक रुपमा नजिक भएकाले त्यहाको फेसनबाट नेपाली ग्राहकहरु त्यहि अनुसारको अर्डर हरु आउने गरेको बताए । उनले नेपाली फेसनलाइ बिश्व व्यापी बनाउन नेपालीहरुको आयोजना सोहरु विश्व व्यापी इन्दिरा ग्रुपले जस्तै गर्न आवश्यक रहेको बताए ।

अफ्रिकन मुलकी डिजाइनर लिन्डा मोन्जाल्याले नेपाली सहितका बहुसास्कृतिक डिजाइनरहरुका विचमा प्रर्दशनीमा भाग लिन पाउदा खुशी व्यक्त गरिन । अर्की मेलवर्नमा क्रियासिल डिजाइनर अर्चना क्षेत्रीले यस्ता शोहरुबाट धेरै कुरा सिक्ने र नेपाली फेसनलाई पनि प्रबर्धन गर्ने अवसर हुने बताइन । प्रेस मिटमा प्रवासमा नेपाली सहितको बहुसांस्कृतिक फेसन शो आयोजना गरेकोमा आयोजक संस्था इन्दिरा ग्रुपका रुद्र उपाध्यायको सहभागीहरुले उच्च प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १९:२६