७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटमा अर्जुननरसिंह केसीकै वडामा कांग्रेस निल, विदुर ४ मा एमालेको प्यानल नै विजयी


२ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको गृह नगर विदुर नगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार निलमबाबु ढुंगेलको प्यानल नै विजयी भएको हो ।

नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादीले भोट दिँदा पनि कांग्रेस उम्मेदवार भारी मतले पराजित भएका छन । म जिताउँछु मेरो वडा भन्ने नारा नै तय गरेको कांग्रेसले प्रभावशाली नेताहरूको वडामै पराजित हुन पुगेको छ ।

यस वडा नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठ, मोहन खड्का, पूर्व कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतको पनि भूगोल हो ।  वडा अध्यक्षमा निलमबाबु ढुंगेलसँगै सदस्यहरूमा छविलाल ओझा शिवकुमार लामा, सुनिता कुमाल, राममाया मिजार विजयी भएका छन । विजयी सबै नेकपा एमालेका हुन ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार २०:२१