१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022

४९ डिग्री सेल्सियस पुग्‍यो दिल्लीको तापक्रम, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

२ जेठ, नयाँ दिल्ली । तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूकाे तापक्रम  ४९ डिग्री सेल्सियस मापन गरिएको छ ।  मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।

दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् ।

सफदरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १०:४३