७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विद्यालयलाई सातामा दुई दिन बिदा नदिन भक्तपुर नगरपालिकाको निर्देशन


 

१ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

आइतबार नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म दुई दिने विदामा आइतबार विद्यालय बन्द नगर्न भनेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध गरेके छ ।

शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताए । उनले भने, ‘अहिले इलेक्टेड बडी नभएकाले बिदा लागू गराउने निर्णय गर्न सम्भव भएन । अब इलेक्टेड जनप्रतिनिधि आउने बित्तिकै निर्णय हुन्छ ।’

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १६:१६