दैनिकी

  • ३१ बैशाख २०७९, शनिबार २३:३३

बालेनले बढाउँदै अग्रता, एमाले र कांग्रेस पछिपछि

३१ वैशाख, काठमाडाैँ । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।

मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् । उनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार २३:३३