७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटको बेलकोटगढीमा मेयरमा माओवादी र उपमेयरमा एमालेको अग्रता (सबैको मत बिबरणसहित)


३१ वैशाख, बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिकामा मेयरमा माओवादी र उपमेयरमा एमालेको सुरूवाती अग्रता देखिएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवदी केन्द्रका जगत तामाङले प्रमुखमा २५४ मतसहित अग्राता कायम गरिरहेका छन ।

एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले २१० मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेकी रूपा सापकोटाले उपमेयरमा २५१ मतसहित अग्रता कामय गरेकी छिन ।  नेपाली कांग्रेसका उपमेयरको उम्मेदवार शिव दाहालले १९० मत प्राप्त गरेका छन ।

वडा नम्बर १ र १३ को मतगणना भैरहेको छ । जसमा वडा नम्बर १ मा एमालेका सन्तबहादुर तामाङले अग्रता लिइरहेका छन भने वडा नम्बर १३ मा कांग्रेसका नवराज पाण्डेले अग्रता लिइरहेका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २२:१४