७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

२२ फागुन, काठमाडाैँ । नेपाली भाषाका प्रख्यात साहित्यकार ९० वर्षीय इन्द्रबहादुर राईको निधन भएको छ। राईको मंगलबार अपरान्ह भारतको दार्जिलिङमा निधन भएको हो । ९३ वर्षीय राई लामो समयदेखि विरामी थिए। गत २७ अगष्टमा श्रीमती मायादेवीको देहावसानपछि राई पनि थलिएका थिए। भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा महत्वपूर्ण योगदान दिएका छन् ।

गत वर्ष राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधी समेत प्रदान गरेको थियो। सन् ६० को दशकतिर तेस्रो आयाम र त्यसपछि लीला लेखन जस्ता आयामको कमाण्ड सम्हालेका राईसंगको बुधबार जातीय संस्कार अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।

भारतको दार्जीलिङमा जन्मेका इन्द्रबहादुर साहित्यमा विभिन्न प्रयोग र साहित्यमाथिको सैद्धान्तिक चिन्तनका लागि नेपालमा प्रसिद्ध छन्। नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि उनको योगदान रहेको थियो।

को हुन् राई ?

इन्द्रबहादुरको जन्म वि.सं. १९८४ साल माघ १७ गते दार्जिलिङ, खर्साङ, बालासन खोलाको बगर, भारतमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा भएको थियो । निम्न आय भएको परिवारमा जन्मे पनि उनको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि प्राध्यापनमा लागे।

पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय सन् १९६१ मा आएको हो। उपन्यास चाहिँ सन् १९५८ मै लेखिसिध्याएको भएता पनि तर प्रकाशित हुँदा भने सन् १९६४ पुग्यो। यिनै कृतिले राईलाई चिनाए।

लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको ‘कठपुतलीको मन’ कथा सङ्ग्रहलाई लिइन्छ । अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन् । ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ नै प्राप्त गरेका थिए । उनका सबै कृतिहरू पाठकले अब्बल मानेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार २३:४४