६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सप्तरीका मतदान केन्द्रमा अधिकृत कुटिए


३० वैशाख, सप्तरी । सप्तरीको एक मतदानस्थलमा तोडफोड भएपछि मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरू तोडफोड गरेका थिए ।

साेही क्रममा मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपीन यादव घाइते भएका छन्। उनको राजविराज स्थानीय गजेन्द्र नारायण अस्पतालमा उपचार भइरहेको छ ।

दुई हजारभन्दा बढी मत खसिसकेपछि केही व्यक्तिले एक्कासि तोडफोड गरी कर्मचारीलाई कुटपिट गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १६:०५