८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

डर्टमन्डका हाल्यान्ड सिटीमा


२८ वैशाख, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हाल्यान्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी आउने पक्का भएको छ । जारी सिजन प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले युवा फरवार्ड भित्राउने सैद्धान्तिक सहमति भएको जनाएको हो ।

सिटी र हल्यान्डबीच १ जुलाईबाट सम्झौता सुरु हुनेछ । नर्वेका २१ वर्षीय युवा स्ट्राइकर हाल्यान्डलाई भित्र्याउन पछिल्लो समय इंग्लिस क्लबसहित विभिन्न लिगका क्लबहरुले तयारी गरेका थिए ।

पछिल्लो समय अर्जेन्टिनी स्टार खेलाडी सर्जियो अग्युइरोले क्लब छाडेयता सिटीले मुख्य फरवार्ड पाउन सकेको छैन । जहाँ हल्यान्डले अग्युइरोको स्थान लिन सक्ने अनुमान गरिएको छ ।

हल्यान्डले बोरुसिया डर्टमन्डबाट ८८ खेलमा ८५ गोल गरेका गरेका छन् । जारी लिगमा सिटी तीन खेल बाँकी रहँदा शीर्षस्थानमा छ भने च्याम्पियन्स लिगबाट भने बाहिरिसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १३:१४