७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भेनेजुएलामा शक्तिशाली भूकम्पकाे धक्का


६ भदौ, काठमाडौं ।  भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्दु भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पकाे धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको जानकारी प्राप्त भएकाे छ ।

भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण नआएको बताइएको छ । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको औंल्याएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ०८:४२