४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

-अमृत गिरी

२७ वैशाख, बुटवल । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पछिको संविधान कार्यान्वयनको पहिलो कार्यकाल र संघीयताको स्थानीय तहको जग बसाल्ने मूख्य कार्यभार पूरा गर्न नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका बुटवलका जनप्रतिनिधिले समृद्ध बुटवलको आधार तयार पार्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ ।

प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहित १९ वटै वडाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको सहकार्यमा बृहत र महानगरीय अवधारणासहितको समृद्ध बुटवलको आधार तयार भएको छ ।

यो पहिलो कार्यकालको अवधिमा करिब एक सय कानून निर्माण, राजस्व सुधार योजना, आवधिक र दीर्घकालीन योजना तयार पार्ने र प्राथमिकीकरण गर्दै विषयगत योजनाहरु तर्जुमा गरि योजनालाई साकार पार्र्न उपयुक्त कार्यक्रम बनाउँदै कार्यान्वयन गरिएको छ । यसै अवधिमा के–के काम गर्ने र १५ वर्षमा बुटवल कस्तो बनाउने भनेर बुटवलको सहरी विकास गुरुयोजना तयार पारिएको छ र चरणबद्ध कार्यान्वयनमा रहेको छ ।

‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’का माध्यमबाट ‘समृद्ध बुटवल खुशी बुटवलबासी’को लक्ष्य हासिल गर्न आवश्यक आधार समेत तयार भइसकेको छ । प्राचीन सहर, आमा सहरका रुपमा रहेको बुटवलका नयाँ निर्माणसंगै पुराना संरचनाको पुनर्निर्माण र मर्मतसम्भारका काम पनि संगसंगै चलेका छन् । यो अवधिमा आवधिक योजना पूरा भएका र हुनेक्रममा छन् भने दीर्घकालीन योजना निरन्तरतामा छन् ।

यीनै दीर्घकालीन योजना साकार हुँदा समुन्नत बुटवल, बृहत बुटवल बन्ने निश्चित छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका प्रतिनिधिको रुपमा बाबुराम भट्टराईको नेतृत्वमा रहनुभएका उम्मेदवारले यीनै दीर्घकालीन योजनाहरुलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पहिलो कार्यकालमा भएका केही मुख्य उपलब्धीहरू

जनताको बलिदानीपूर्ण संर्घषबाट प्राप्त नेपालको संविधान २०७२ जारी भएपछिको बदलिँदो परिस्थितिमा निर्वाचित पहिलो स्थानीय तह भएको हुनाले तथा हिजोको स्थानीय निकायभन्दा संविधानमै तोकिए बमोजिम कार्यकारी, व्यवस्थापकीय र न्यायिक अधिकारसहितको स्थानीय सरकार हो । पहिलो कार्यकाल संविधान कार्यान्वयन तथा त्यसका लागि आवश्यक पर्ने कानूनी तथा संरचनागत संरचनाहरु निर्माण गर्ने अवधिको रुपमा रह्यो ।

अर्कोतर्फ करिब १५ वर्षसम्मको जनप्रतिनिधिविहीन अवस्थापछि निर्वाचित पहिलो स्थानीय तह भएको हुनाले पनि कानुनी तथा प्रशासनिक संरचना र सेवाप्रवाह क्षेत्रलाई पुनःसंरचना तथा विस्तार गर्ने काम स्थानीय तहका लागि प्रमुख दायित्वका रुपमा रहेको थियो । यिनै ऐतिहासिक आवश्यकताका कारणले बुटवलमा जनप्रतिनिधिको पहिलो कार्यकाल नागरिकका अधिकार तथा विकासप्रतिको तीव्र आकंक्षा परिपूर्ति गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण आधारहरु तयार पार्ने अवधिका रुपमा रह्यो । एउटा समुन्नत र सुन्दर बुटवल स्थापनाका लागि पहिलो कार्यकाल उत्कृष्ट रह्यो ।

विश्व महामारीका रुपमा आएको कोराना भाइरसका लहरहरुले सारा विश्व नै आक्रान्त बन्यो । यसले बुटवललाई करिब २ वर्षसम्म पूर्णरुपमा प्रभावित बनाइरह्यो । त्यसबेलामा प्रतिकोरोना कार्यमा पालिकाका सम्पूर्ण स्रोत साधनहरु परिचालन गर्नुपर्ने एकमात्र दायित्व बन्यो । बुटवलको सम्पूर्ण ध्यान र सामथ्र्य महामारी नियन्त्रण, रोकथाम, व्यवस्थापन तथा उपचार र नयाँ नयाँ लहरको पूर्वतयारीमा त्यसमा केन्द्रित भयो ।

विकास निर्माणका कामहरुलाई कोरोनाको भयानक लहरहरुले प्रभावित पार्यो । अर्कोतर्फ ज्योतिनगर, लक्ष्मीनगर, पाखापानी लगायत क्षेत्रमा आएको पहिरो तथा तिनाउ दानव नदीमा आएको बाढीले ठूलो धनजनको क्षतिसमेत भयो । यसबाट सिर्जित जोखिम तथा क्षति न्यूनीकरण गर्ने काममा बुटवलको ध्यान केन्द्र्रित रह्यो ।

त्यस्तैगरेर राजमार्ग चौराहादेखि गोलपार्कसम्मको पूर्वपश्चिम तथा सिद्धार्थ राजमार्गको सडक निर्माण, भूमि आयोगको खारेजी, मोतीपुर औद्योगिक करिडोर र तिनाउ दानव करिडोजस्ता बुटवल उपमहानगरपालिकाको क्षेत्राधिकार र सामथ्र्यदेखि बाहिरका विषयले पनि बुटवललाई प्रभावित पा¥यो । धेरैलाई यीनै विषय आलोचनाका विषय बने ।

तत्कालका लागि मात्रै होइन अब दीर्घकालका लागि फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्नुपर्छ भनेर अन्तरपालिका सहकार्यको नौलो कार्यक्रम सुरु गरियो । तर, तत्कालका काम कहिलेकाही प्रभावित हुँदा त्यसको पनि आलोचना भयो । जनघनत्व धेरै रहेका वडाहरु ७ र ८ को खानेपानी परियोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने काम पछिल्लो चरणमा मात्रै सफल भयो । त्यस्तैगरेर ईरिक्सा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र फोहोरमैला व्यवस्थापन पनि संवेदनशील विषयका रुपमा रह्यो ।

तथापि यस अवधिमा बुटवलमा दीर्घकालीन, आवधिक तथा तत्कालीन योजनासहित २०७४ सालको स्थानीय निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्ने अर्जुनदृष्टिका साथ जनप्रतिनिधिहरु अगाडि बढेको कुरा तिनका परिणामले नै पुष्टि गरेको छ । यसका साथै बुटवलमा अन्य राजनीतिक दलहरुको निर्वाचन घोषणापत्र पत्रलाई समेत समेटेर ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना निर्माण गरी त्यसको कार्यान्वयन गर्ने कामलाई प्रधान विषयको रुपमा अगाडि बढाइएको छ । यस अवधिमा भए गरेका महत्वपूर्ण उपलब्धीहरु यस प्रकार रहेका छन्ः

१. संरचनागत सुधार तथा सेवा प्रवाह

–ऐन, नियम, मापदण्ड, निर्देशिका, कार्यविधि, आचारसंहितालगायत १०० भन्दा बढी कानूनहरु निर्माण गरेर कार्यान्वयनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिकाको संगठन संरचना निर्माण गर्दै ७ महाशाखा र २९ शाखा रहने गरी ४४७ दरबन्दी स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको छ । प्रत्येक वडा कार्यालयहरुमा प्राविधिक र कम्प्युटर अपरेटरहरुको समेत व्यवस्था गरिएको छ ।

–वडास्तरमा समेत राजश्व, पंजिका, व्यवसाय दर्ता, योजना सम्झौता तथा मूल्याङ्कनजस्ता सेवा प्रवाहहरु विद्युतीय प्रणालीमार्फत प्रदान गर्ने काम भएको छ । वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतका कार्यालयहरुमा विद्युतीय हाजिर प्रणाली जडान गरिएको छ ।

–स्नातक तह उत्तीर्ण गरेका ६१ सहित १२० जना प्रशिक्षित मेलमिलापकर्ताहरु परिचालन गरेर ३५० भन्दा बढी विवादहरुलाई मेलमिलापमार्फत निरुपण गर्ने काम भएको छ भने इजलासको निर्माण गरी नियमित न्याय निरुपण गर्दै यस अवधिमा ११० वटा मुद्दाहरु इजलासमार्फत फ्छर्याैट गरी न्याय सम्पादन गर्ने काम भएको छ ।

–नगर प्रहरी सेवालाई मर्यादित तथा चुस्तदुरुस्त बनाउन प्रहरी तालिम केन्द्र्र मार्फत मापदण्डका आधरमा छनौट गर्ने, आधारभूत तहको आवासीय तालिम र दज्र्यानी चिन्ह प्रदान गरेर मात्र कार्यक्षेत्रमा खटाउने काम भएको छ । सेवाग्राहीका विभिन्न समस्या तथा गुनासालाई सम्बोधन गर्न कार्यपालिका सदस्य रहने गरी जनप्रतिनिधि सेवाग्राही सेवा कक्ष सञ्चालनमा ल्याइएको छ । वडा तथा नगर नागरिक वडापत्र निर्माण गरी त्यसको कार्यान्वयन भइरहेको छ ।

–उपभोक्तामार्फत सञ्चालन हुने योजनाको लागत स्टिमेट नेपालीमा तयार गर्ने, १० लाखसम्मको योजनाहरुको वडा कार्यालयबाटै स्टिमेट, सम्झौता र मूल्याङ्कन गर्ने काम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । प्राविधिक अध्ययन तथा मापदण्ड निर्माण गर्ने काम सम्पन्न गरी बुटवलमा १७ तलासम्म बहुतले भवन निर्माणका लागि अनुमति प्रदान गर्ने काम सुरु भएको छ ।

२. वित्त व्यवस्थापन

–आर्थिक वर्ष २०७४/७५ मा उपमहानगरपालिकाको वार्षिक आन्तरिक आम्दानी १८ करोड रहेकोमा राजश्वको दर भई दायरा फराकिलो बनाउने नीति कार्यान्वयन गर्दै आव २०७७÷७८ मा ५२ करोड पुराइएको छ भने चालु आवमा करिब ७२ करोड अनुमान गरिएको छ । सोही अनुरुप २०७३/७४ सम्ममा बुटवल उपमहानगरपालिकामा ६,८३० कर तिर्ने व्यवसाय दर्ता भएकोमा अहिले त्यो संख्या २१,२३७ पुगेको छ ।

यसका अतिरिक्त आव २०७३/७४ मा बुटवल उपमहानगरपालिकामा दर्ता भएका सबै प्रकारका करदाता संख्या ४९,५६५ रहेकोमा चालु आवमा ८१,६१३ पुगेको छ । डिजिटल बुटवलको अवधारणा अन्र्तगत विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तथा राजश्व शुल्क बुझाउन सकिने सेवा कार्यान्वयनमा ल्याइएको छ ।

–राजश्व संकलन तथा व्यवसाय दर्ताका कामहरु वडा कार्यालयहरुबाट समेत हुने व्यवस्था मिलाइएको छ । बढ्दो ट्राफिक समस्यालाई न्यूनीकरण गर्न ईरिक्सा व्यवस्थापन कार्यविधिको निर्माण गर्दै १,०२८ ईरिक्सालाई स्टिकरसहित रुट इजाजत प्रदान गर्ने काम भएको छ । नगरका विभिन्न स्थानमा २१५ सिसिटिभी तथा २७ स्थानमा निःशुल्क वाइफाई जडान गरी सेवा प्रवाह गर्ने काम भइरहेको छ ।

३. शहरी विकास तथा पूर्वाधार

–यस अवधिमा ५७० किमी सडक निर्माण, १०३ किमी कच्ची सडक ग्राभेल, १३ किमी फुटपाथ तथा इन्टरलक सडक, १६३ किमी नाली निर्माण, १७ वटा पुल निर्माण, २१९ वटा कल्र्भट निर्माण तथा मर्मत तथा ७१७ वटा ह्युम पाइपहरु जडान भएको छ ।

–१६ वटा वडा कार्यालय, १३ वटा स्वास्थ्य कार्यालय, २७० वटा व्यवसायिक तथा सामुदायिक भवन, ५० वटा विद्यालय, ८३ वटा मठ मन्दिर चर्च छठ गुम्बालगायत भवनहरुको निर्माण तथा पूर्वाधार स्तरोन्नति गर्ने काम सम्पन्न भएको छ ।

–२४९ वटा सेड तथा ट्रस निर्माण, ५५ वटा कभर्डहल तथा खेलमैदानहरुको निर्माण तथा स्तरोन्नति गर्ने र ३३ वटा शौचालय निर्माण गर्ने काम सम्पन्न भएको छ ।

–१३.७ किमी तटबन्ध तथा कुलो निर्माण, १० किमी कम्पाउण्ड बाल तथा तारबार, ३ किमी अग्नीरेखा निर्माण, १६.८ किमी खानेपानी पाइपलाइन विस्तार, ४५ वटा स्यालो टियुबेल तथा डिप बोरिङ्ग जडान तथा मर्मत, २६ किमी विद्युत पोल तथा लाइन विस्तार र २७ वटा ट्रान्सर्फमर जडान गर्ने काम सम्पन्न भएको छ ।

–१७ वटा पार्क निर्माण तथा स्तरोन्नति, १,३३७ वटा सौर्य ऊर्जा तथा इलेक्ट्रिक लाइट, ९ स्थानमा सोलारजडित यात्रु प्रतिक्षालय र ६ स्थानमा ट्राफिक आइल्याण्ड जडान गरिएको छ ।

क) आन्तरिक वाइपासका सडक तथा यातायात योजना

–सानिसा अवधारणा अन्र्तगत नेपालकै नमूना ढुवानी ग्राम निर्माणको काम सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

–श्रवणपथ आन्तरिक वाइपास निर्माणको काम सम्पन्न भएको छ । कालिकापथ आन्तरिक वाइपासको डिजाइन गर्ने, सडक क्षेत्राधिकारभित्रका संरचनाहरु हटाउने, सडकका दुवैतर्फ नाली निर्माण गर्ने तथा विद्युतिकरणका काम सम्पन्न गर्दै प्रदेश सरकारमार्फत सडक पिच निर्माण गर्ने काम भइरहेको छ । चक्रपथको ट्रयाक खोल्ने, कल्भर्ट, सडक ग्राभिलिङ्ग र पिच निर्माण गर्ने काम भइरहेको छ । करिब ९० प्रतिशत कच्ची सडकहरुलाई ग्राभेलिङ्ग गर्ने काम सम्पन्न भएको छ ।

–पुरानो बुटवलमा लकटायल सडक, बहुमुखी पथ, इलाका प्रहरीदेखि विद्युत् चोकसम्मको सडक, पुरानो दरबार मार्ग, संगमपथ, राममन्दिर लाइन, अमरपथ, विकास पथ, न्यूरोड, हिमाली पथ, ट्राफिक चोकदेखि नेपालगंज रोड, हिलपार्क र सोमबारे बजार एरिया सडक, मदनपथ, धर्मपथ, शुक्रपथ, कालिकाचोक होराइजन सडक, मदैया नरेनापुरधामलगायत बजार क्षेत्रमा फुटपाथसहितका स्तरीय अक्सफाल सडकहरु निर्माण गर्ने काम भएको छ ।

–मणिमुकुन्द पथ, तिलोत्तमा पथ, लक्ष्मीपथ, अहडप्टन पथ, स्वर्गद्धारी पथ, आशिष पथ, बुद्धपथ, ज्योतिपथ, त्रिभुवनपथ, मोतिमार्ग, अभियान पथ, रंगशाला मार्ग, देविपथ, मिलनचोक बुद्धनगर बेलबास सडक, तामनगर शुद्धोधन सडक, बेलभरिया कर्साघाट सडकजस्ता रणनीतिक महत्वका सडक सञ्जालहरु निर्माण भइरहेका छन् ।

–मोतिपुुर, सेमलार तथा वडा न. १२, १३ लगायतका स्थानमा रहेका कृषि सडकहरुको स्तरोन्नति गर्ने र ग्रामीण क्षेत्रमा नालीसहितका स्तरीय सडकहरु निर्माण गर्ने काम अभियानको रुपमा कार्यान्वयन भइरहेका छन् ।

–वडा न. २ उजिरसिंह नरसिंह टोल पुल, वडा न. ४ थकाली समाज पुल, वडा न. ६ ताइवान टोल पुल, चन्द्रनगर पुल, वडा न. ७ र ८ जोड्ने श्रवणपथ पुल, बेसक्याम पुल, वडा न. ९ र ११ जोड्ने मिलनचोक पुल, वडा न. ११ देवसिद्ध टोल पुल, वडा न. १२ सतगढी पुल तथा वडा न. ५,६,९,११ लगायतका वडाहरुमा बेलिब्रिजसमेत निर्माण गरिएको छ । १७ भन्दा बढी पुलहरुका अतिरक्ति २१९ भन्दा स्थानहरुमा कल्र्भट निर्माण गरिएको छ भने ७१७ भन्दा बढी स्थानहरुमा ह्युम पाइप जडान गरिएको छ ।

–उजिरसिंह अटोनगर मैनाबगरमा सिसिटिभी क्यामेरा जडान गर्ने, प्रहरी चौकी निर्माण गर्ने, खानेपानी बोरिङ्ग, पार्किङ्गस्थल र सडक निर्माण गर्ने काम भएको छ ।

ख) पर्यटन
–जितगढी किल्लाको डीपीआर निर्माण गर्ने, अव्यवस्थित संरचनाहरु हटाउने, उजिरसिहको पूर्णकदको शालिक, राष्ट्रिय झण्डा टावर, १३ जना सहिदहरुको शालिक, कलात्मक गेट, ओपन थिएटर, लकटायल ट्राय्क, फुलबारी र लाइटिङ्गलगायत निर्माणको काम सम्पन्न भएका छन् भने गुरुयोजना अनुसारका अन्य निर्माण कार्यहरु समेत सुरु भएका छन् ।

–जीतगढी (बटौली) युद्ध संग्रहालयको ९० प्रतिशत काम सम्पन्न भएको छ भने पुरानो बुटवललाई सम्पदा बस्तीको रुपमा विकास गर्न गुरुयोजना निर्माण गर्ने तथा त्यस अनुरुप सडकहरुमा लकटायल लगाउने, भवन निर्माणको डिजाइन तथा मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने काम भईरहेको छ । पुरानो बुटवललाई सांस्कृतिक सहरका रुपमा विकास गर्र्नेगरी गुरुयोजना बनाएर काम गरिएको छ ।

–मोतिपुरमा थारु संग्रहालय तथा थारु सांस्कृतिक ग्राम निर्माणका लागि डिपिआर, वाउण्ड्र्री वाल, पहुँच सडक, कल्र्भट, खानेपानी तथा विद्युत्, सेडलगायतका पूर्वाधार निर्माण गर्दै थारु सांस्कृतिक पहिचानसहितको पिकनिक स्थल निर्माण भएको छ ।

–सेमलार बैठौलिया कपरकट्टी तालको संरक्षण, सम्बद्र्धन र विस्तार गरिएको छ । तालको गुरुयोजना बनाइएको छ । डीपीआर निर्माण गरी ताललाई ३ विगाहाबाट २५ विगाहामा विस्तार गरिएको छ । भने तालका केही स्थानमा वाल निर्माण, ताल क्षेत्रमा लाइटिङ्ग, लकटायलसहितको फुटपाथ तथा साइकल ट्रयाक, शौचालय, विश्रामस्थल, ब्रिज, सेल्फी जोन, चमेना गृहलगायतका पूर्वाधारहरु निर्माण गर्ने काम भएको छ । साथै स्टिमर समेत सञ्चालनमा ल्याइएको छ ।

–ऐतिहासिक पुरातात्विक महत्वको नरेनापुरधाम क्षेत्रमा वाउण्ड्री वाल, लकटायलसहितका आन्तरिक बाटाहरु, बृहत सभाहल, लाइटिङ्गसहितको सुन्दर पार्क निर्माण, टावर निर्माण तथा मन्दिरका संरचनाहरुको जीर्णोद्धार तथा रंगरोगन गर्ने काम भएको छ ।

–सेमलारमा करिब १० विगाह क्षेत्रफलमा प्राकृतिक सुन्दरतासहितको नयाँ गन्तव्य नरेनापुर पिकनिक स्पट निर्माण गरिएको छ । मिलनपार्कमा वाउण्ड्री वाल, फुलबारी तथा सेड, पहुँच मार्ग, बहुउद्देश्यीय सभाहल निर्माण गर्ने काम भएको छ भने ट्रिरेष्टुरेण्टसहितको रिसोर्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी सानिसा अवधारणमा निर्माणको प्रक्रिया सुरु भएको छ ।

–गुरुयोजना बनाई रामपिथेकस पार्क, लक्ष्मी पार्क, तिनाउ पार्क, जेबी पार्क, विभूति पार्क, भैरव पार्क, पाणिनी पार्क, हरियाली पार्कलगायतका पार्कहरु निर्माण तथा स्तरोन्नति गर्ने काम छ । हिलपार्कलाई विशाल बुद्धमूर्तिसहित बुद्धपार्कको रुपमा विकास गर्न सर्भे, माटो जाँच, डीपीआर र ईआईएको काम सम्पन्न गर्दै जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको छ ।

ग) भवन

–बुटवलको बहुप्रतिक्षित प्रशासनिक भवन निर्माण गरि सोही भवनबाट सेवा प्रवाह भइरहेको छ । लुम्बिनी बस टर्मिनलको बहुतले सपिङ्ग भवन निर्माणको काम सम्पन्न भएको छ । बहुतले पार्किङ तथा बहुउद्देश्यीय भवनसहित लुम्बिनी बस टर्मिनलको पुनःसंरचना गर्नका लागि डिपिआर निर्माण गर्दै सानिसा अवधारणामा निर्माणको प्रक्रिया सुरु भएको छ ।

–वडा न. २, ५, ७, ९, १०, ११, १२, १३, १४, १५ लगायतका वडा कार्यालयहरु निर्माण तथा स्तरोन्तिको काम सम्पन्न भएको छ भने वडा न. ८ को वडा कार्यालय निर्माणको काम भइरहेको छ । यस अवधिमा १६ वटा वडा कार्यालय, १३ वटा स्वास्थ्य कार्यालय, २७० वटा व्यवसायिक तथा सामुदायिक भवन, ५० वटा विद्यालय, ८३ वटा मठ मन्दिर चर्च छठ गुम्बालगायत भवनहरुको निर्माण तथा पूर्वाधार स्तरोन्नति गर्ने तथा २४९ वटा सेड तथा ट्र्रस निर्माण गर्ने काम सम्पन्न भएको छ ।

घ) खानेपानी, विद्युत् तथा शहरी सौन्दर्यीकरण

–वडा नं. ७ र ८ को खानेपानी आयोजना खानेपानी संस्थानसंगको सहकार्यमा सम्पन्न भएको छ । नगरका विभिन्न स्थानमा १६.८ किमी खानेपानी पाइपलाइन विस्तार र ४५ वटा स्यालो टियुबेल तथा डिप बोरिङ्ग निर्माण तथा मर्मत गर्ने काम भएको छन् ।

–२६ किमि विद्युत पोल तथा लाइन विस्तार, २७ वटा ट्रान्सर्फमर जडान गर्ने काम सम्पन्न गरी नगरको ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्ने काम भएको छ । बजार क्षेत्रलगायत नगरका विभिन्न स्थानमा इलेक्ट्रिक लाइटहरु जडान गरिएको छ ।

–१७ वटा पार्क निर्माण तथा स्तरोन्नति, १,३३७ वटा सौर्य ऊर्जा तथा इलेक्ट्रिक लाइट, ९ स्थानमा सोलारजडित यात्रु प्रतिक्षालय र ६ स्थानमा ट्राफिक आइल्याण्ड जडान गरिएको छ । राजमार्गका डिभाइडरहरुमा हरियाली फुलबारी निर्माण गर्ने तथा बुद्ध, रामपिथेकस, उजिरसिँहका प्रतिमाहरु राख्ने काम भएको छ । नगरका बसपार्क, राजमार्ग चौराह, नेपालगंज रोड, गोलपार्क, सिद्धबाबालगायत विद्यालयहरुमा समेत गरेर ३३ वटा सार्वजनिक शौचालयहरु निर्माण गर्ने काम भएको छ ।

४. शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद

क) शिक्षा

–काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा बिटिआइमा इन्जिनियरिङ्ग क्याम्पस सञ्चालनमा ल्याएको छ ।

–बुटवल मावि, उजिरसिह मावि, लक्ष्मी मावि, ज्ञानोदय मावि, तिलोत्तमा मावि, सिद्देश्वर मावि, जनता मावि, नबिन औद्योगिक मावि, नहरपुर मावि, प्रगती मावि, सरस्वती मावि, नयाँगाउँ मावि, जितेश्वरी मावि, नवरत्न मावि, नरेनापुर प्रावि, मोतिपुर मावि, भवानी मावि, अमरपुर माविलगायतका विद्यालयहरुमा भवन, ट्रस, शौचालय, खानेपानीलगायतका पूर्वाधारहरु निर्माण तथा स्तरोन्नति गर्ने काम भएको छ । यसका अतिरिक्त ती विद्यालयहरुलाई फर्निचर, शैक्षिक तथा मनोरञ्जनका सामग्री, स्टेशनरी तथा खेलकुद सामग्रीहरु उपलब्ध गराइएको छ ।

–नगरका सम्पूर्ण सामुदायिक विद्यालयहरुका एकै प्रकारको रंगरोगन गर्ने र हरियाली तथा सरसफाइयुक्त वातावरण निर्माण गर्ने काम भएको छ ।

–१७ वटा सामुदायिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, ११ वटामा पुस्तकालय, १८ वटामा सूचना तथा प्रविधि केन्द्र्र र ३६ मा बुक कर्नरहरु निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

–शैक्षिक सम्गोष्ठीमार्फत नगरको ५ वर्षे शिक्षा योजना निर्माण गरी त्यसको कार्यान्वयन भइरहेको छ ।

–बुटवलका सबै सामुदायिक विद्यालयहरुमा समान गुणस्तरको शिक्षा प्रदान गर्न सिंगो बुटवल १ विद्यालयको अवधारणा निर्माण गरी कार्यान्वयन गरिएको छ ।

–कक्षा १–८ सम्म १०० पूर्णाङ्ककको हाम्रो बुटवल नामक स्थानीय पाठ्यपुस्तक पनपाठनमा ल्याइएको छ ।

–बुटवलमा ललितकला विषयको पठनपाठन शुरु गर्नका लागि आवश्यक योजना निर्माण गर्ने काम सम्पन्न भएको छ ।

–शिक्षक संख्या र तहगत दरबन्दी मिलान गर्ने काम भइरहेको छ । यस अवधिमा २४ वटा विद्यालयहरुलाई ३९ जना शिक्षक व्यवस्थापन अनुदान उपलब्ध गराइएको छ ।

–प्रारम्भिक विकास केन्द्र्रका सहयोगी कार्यकर्ताहरु र विद्यालयका कर्मचारीहरुले विगतदेखि पाइरहेको न्यून तलबलाई मध्यनजर गर्दै न्यूनतम तलब १५ हजार पुराइएको छ ।

–आधारभूत तह छात्रा र दलित छात्रवृत्ति, कक्षा ९ र १० दलित र अपांग छात्रवृत्ति तथा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययन छात्रवृत्ति प्रदान गरिएको छ ।

–कोभिडका कारणले अभिभावक गुमाएका गरिब विद्यार्थीहरुलाई आधारभूत तहसम्म अध्ययन गर्दा लाग्ने अतिरिक्त शुल्क, खाजा खर्च, यातायात खर्च, स्टेशनरीलगायतका सामग्रीहरु निःशुल्क उपलब्ध गराइएको छ ।

–लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा अगाडि बढाउन वडा नं. १२ स्थित तामनगरमा ३० विगाहा जमिन उपलब्ध गराइएको छ । भने बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ क्याम्पसको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गरिएको छ ।

ख) स्वास्थ्य

–वडा न. १२ मा शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र्र, वडा न. १४ र १७ मा स्वास्थ्य चौकी, वडा न. १, ३, ४, ७ र ११ मा शहरी स्वास्थ्य केन्द्र्र, वडा न. २, ५, १५, १६, १८ र १९ मा आधारभूत स्वास्थ्य केन्द्र्र र अन्य वडामा वडा क्लिनिकलगायतका संरचनाहरु खडा गर्ने, जनशक्ति, प्रविधि, औजारलगायतका स्रोतसाधनहरु उपलब्ध गराउँदैं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने काम भएको छ ।

–आफ्नै खोप भण्डार केन्द्र्र सञ्चालनमा ल्याउने, नगरका विभिन्न स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा विस्तार गर्ने, विगत ४ वर्षदेखि चौमासिक रुपमा करिब १२३० जना ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकको घरदैलोमा पुगी निःशुल्क स्वास्थ्य परिक्षण गर्ने, ४,३०० गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण तथा स्वास्थ्य सामग्रीसहित भेटघाट गर्ने, ३,३०० गर्भवती महिलाहरुका लागि निःशुल्क ल्याब सेवा प्रदान गर्ने, ११,३०० जना ४० वर्षभन्दा माथिका नागरिकको निःशुल्क मधुमेह परिक्षण गर्नेलगायतका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भएका छन् ।

–नेपाल सरकारले तोकेका ८ प्रकारका जटिल रोगका बिरामीहरुलाई उपचार सहयोग कार्यक्रम र मोतियाबिन्दुको शल्यक्रियामा अनुदान कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ ।

–नगरका विद्यालय तथा समुदाय स्तरमा विशेषज्ञ सेवासहितको बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका तथा अन्य क्षेत्रहरु लक्षित पाठेघर, आँखा, दाँत, छालालगायतका नियमित स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरी करिब ६२,३०० जनालाई सेवा प्रदान गरिएको छ ।

–बुटवल उपमहानगरपालिकाको सहयोगमा सिद्धार्थ बाल तथा महिला आम्दा अस्पतालमा ट्रसको भवन निर्माण गर्ने, अक्सिजन पाइपलाइन जडान गर्ने लगायतका कामहरु भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल, गौतम बुद्ध सामुदायिक अस्पतालको क्षमता विकासका लागि निरन्तर सहयोग प्रदान गरिएको छ ।

–उपमहानगरपालिकाका स्वास्थ्य संस्थाहरुबाट आर्थिक वर्ष २०७३÷७४ मा ९२,८२७ जनाले बहिरंग (ओपिडि) सेवा लिएकोमा अहिले त्यो संख्या वार्षिक २१२,४१७ पुगेको छ ।

–कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि बुटवल धागो कारखाना कोरोना विशेष अस्थायी अस्पताल निर्माण गर्ने, योग र आयुर्वेद सहितको नेपालकै नमूना एन्फा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने, अलपत्र परेका हजारौं यात्रुहरुलाई स्वास्थ्य परिक्षण, खाजा खाना र यातायातको व्यवस्थापन गरेर उद्धार गर्ने, एउटा हातमा आयुर्वेद औषधीहरु र अर्को हातमा स्वास्थ्यलाभको पत्र लिएर कोरोना पोजेटिभ नागरिकहरुको घरमा पुगेर हौसला दिने काम नेपालमा बुटवलबाट शुरु गर्नेमा बुटवलका मेयर शिवराज सुवेदी र यहाँका जनप्रतिनिधिहरु नै हुनुहुन्छ ।

–यसका साथै अक्सिजन बैक सञ्चालनमा ल्याउने, एयरलिफ्टबाट समेत अक्सिजन ल्याउने, एम्बुलेन्स सेवा, कोरोना पोजेटिभ यातायात साधन, शव वाहन, कोरोना परिक्षण, राहत वितरणजस्ता सेवाहरु पनि प्रभावकारी रुपमा सञ्चालन भए ।

ग) खेलकुद

–बुटवलका विभिन्न वडाहरुमा खुला व्यायामशाला निर्माण भएका छन् । पहिलो चरणमा १० स्थानमा खुल्ला व्यायमशालाहरु निर्माण गरी सञ्चालनमा ल्याउने काम भएको छ ।कालिकानगरमा कराँते कभर्डहल, सेमलारमा नरेनापुरधाम क्रिकेट मैदान, वडा नं १२ मा तारा खेल मैदान, वडा नं. १५ मा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने, चन्द्र्रनगरमा लुम्बिनी स्पोट्र्स कम्पलेक्स, देवनगरमा लनटेनिस मैदान, शिवनगरमा कभर्डहल, सिद्देश्वरमा बास्केटबल तथा भलिबल कोर्ट, रनिङ्ग ट्र्रायक, देविनगरमा नवदिलिप कभर्डहल तथा नगरका विभिन्न स्थानमा समुदायस्तरका कभर्डहलहरु निर्माण तथा पूर्वाधार स्तरोन्नति गर्ने काम सम्पन्न भएको छ ।

–बुटवल बहुमुखी क्याम्पस, लक्ष्मीनगर, सिद्देश्वर, मानवज्ञान, नहरपुर, बदेलपोखरी, जवई, तामनगर, हरियाली, उजेलापुर, रानीगंज, हरिहरपुर, धन्दापुर, सौराहलगायतका ३० भन्दा बढी खेल मैदानहरुको स्तरोन्नति गर्ने काम भएको छ । राष्ट्रपति रनिङ्ग शिल्डलगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने, खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई प्रशिक्षण प्रदान गर्ने, खेल क्षेत्रमा लागेका व्यक्तिहरुलाई सम्मान तथा उपचार खर्च सहयोग गर्ने, विभिन्न खेल सामग्रीहरु वितरण गर्नेलगायतका कामहरु भएका छन् ।

५. आर्थिक विकास

क) कृषि तथा पशुपंक्षी

–मुलुककै नमुना कार्यक्रममा रुपमा सहरी कृषि प्रबद्र्धन कार्यक्रमलाई प्रभावकारी रुमपा सञ्चालन गरिएको छ । खेती गर्न चाहने तर जग्गा नहुनेलाई अरुको जग्गा भाडामा लिएर खेती गर्नका लागि अनुदानको व्यवस्था मिलाइएको छ । भने सहरी क्षेत्रमा कौसीमै तरकारी र फलफुल खेती गर्नका लागि तालिम र उपकरण प्रदान गरिएको छ ।

–नेपालकै नमूना आधुनिक बधशाला निर्माण भएको छ र दिगो संचालनको मोडल तयार भएको छ । बुटवल १५ मा कृषि उपज संकलन केन्द्र, नरेनापुर कृषि हाटबजार केन्द्र र कृषिजन्य उत्पादन भण्डारण केन्द्र निर्माण गरिएको छ भने विभिन्न हाटबजारमा सेड निर्माण तथा पूर्वाधार स्तरोन्नति गर्ने काम सम्पन्न भएको छ ।

–सचाई प्रणालीलाई व्यवस्थित गर्न ३७ वटा स्यालो ट्युवेल जडान गर्ने र ११ वटा बोरहरु निर्माण तथा मर्मत गर्ने काम भएको छ । शहरी कृषि प्रवद्र्धनका लागि १११ वटा हरित गृह निर्माण गरिएको छ । नेपालकै नमूना फसल धितो राखी सहुलियत ऋण प्रदान कार्यक्रम अन्र्तगत धान र गहुँ धितो राखेर हालसम्म करिब १,३०० मेट्र्रिक टन फसलमा सहुलियतको ऋण प्रदान गरिएको छ ।

–५ वर्षको अवधिमा १४,३३५ कृषि तथा पशुपालक किसानहरुलाई स्थलगत प्राविधिक सेवा प्रदान गरिएको छ । जग्गा भाडामा लिई कृषि गरेका किसानहरुलाई भाडामा अनुदान कार्यक्रम, नेपालकै नमूना मागमा आधारित अनुदान कार्यक्रम, बीऊ बिजन वितरण कार्यक्रम, बुटवलको कृषियोग्य भूमि व्यवस्थापन, कौसी खेती प्रवद्र्धन, प्रधानमन्त्री कृषि आधुनिकीकरण, मुख्यमन्त्री ग्रामीण विकासजस्ता कार्यक्रमहरुमार्फत करिब ५,७०० किसानहरुलाई विभिन्न प्रकारका अनुदान तथा अन्य सहयोगहरु उपलब्ध गराइएको छ ।

–१२७ वटा गोठ, खोर तथा भकारो सुधार गर्ने तथा २३ वटा मासु पसलहरु सुधार गर्ने, १,१०० पशुपालक किसानहरुलाई बाख्रा कुखुरा तथा बंगुर वितरण गर्ने, च्यापकटर, काउम्याट, ग्रासकटर, पम्पसेट, ब्रस कटर, वाटर प्रेसर, दुध दुहुने बाल्टी, जेनेरेटर, चिलिङ्ग भ्याट, ह्रिवल ब्यारोलगायतका सामग्रीहरु सहयोग गर्ने काम सम्पन्न भएको छ । सहकारीसंगको सहकार्यमा सोमबारे बजारमा बहुतले कृषि बजार केन्द्र निर्माणका लागि डीपीआरको काम सम्पन्न गर्दै निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

–नेपालकै अत्याधुनिक बृहत थोक कृषि बजार केन्द्र्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाले सेमलारको कर्साघाटमा रहेको ४५ विगाहा जमिन संघ सरकारलाई सिफारिस गरेको छ भने त्यसको डीपीआर निर्माण गर्ने काम सम्पन्न भई निर्माणको प्रक्रियामा अगाडि बढेको छ ।

ख) उद्यमशीलता तथा रोजगार प्रबर्द्धन

– बुटवलमा मुलुकमै नमुना कार्यक्रमका रुपमा मेयर युवा इलम कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिएको छ । यसअन्तर्गत हजारौंले निशुल्क सीप सिक्नुका साथै सीप अनुसारको उद्यम, व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरणम समेत अनुदान पाएका छन् ।

–श्रम तथा रोजगार बैक स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख युवा इलम कार्यक्रममार्फत करिब १,१०० जनालाई र उपप्रमुख महिला उद्यमशील कार्यक्रम मार्फत करिब १,३०० जनालाई कुक, एसी तथा रेफ्रिजेरेटर, प्लम्बिङ्ग, फेशन डिजाइनर, जनरल मेकानिक, अटो मेकानिक, सोलार इलेक्ट्रिक, हेभिइक्युमेण्ट मर्मत, वारिष्ता, हेयर कटिङ्ग, ढाकाको कपडा डिजाइन, नर्सरी, डेरीलगायत विषयमा ३ महिने तालिम प्रदान गर्ने काम भएको छ । करिब ४१० जनालाई व्यवसाय सञ्चालनका लागि उपकरण तथा औजार सहयोग गर्ने र ११० जनालाई उद्यम तथा व्यवसाय सुरु गर्न प्रोजेक्ट बैंक लेखनमा सहयोग गर्ने काम भएको छ ।

–महिला शिल्पकला तालिम केन्द्र, सिकाई केन्द्र, नागरिक सचेतना केन्द्र्र, टोल विकास संस्था, आमा समूहहरु तथा अन्य सामुदायिक संघसंस्थाहरुमार्फत समुदायस्तरमा करिब १७,००० जनालाई बाख्रा तथा कुखुरापालन, बीऊबिजन तथा औषधि प्रयोग, पापड, भुजिया तथा फुरनदाना, खेलौना (डल) तथा कुशन, जुत्ता बनाउने, सिलाई कटाईलगायत विभिन्न प्रकारका सीपमूलक तथा आयमुलक तालिमहरु प्रदान गरिएको छ ।

–प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कम्तिमा १०० दिनको रोजगारी सुनिश्चित गरी पार्क निर्माण, नाली निर्माण, पहिरो तथा भूक्षय नियन्त्रण, कूलो तथा नाली सरसफाई, नर्सरी निर्माण, पैदल मार्ग निर्माण, तारबार तथा वाउण्ड्री वाल निर्माण, कृषि सडक निर्माणलगायत विभिन्न विकास निर्माणका कामहरुमा परिचालन गरिएको छ ।

६. सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन

–शिवनगर समुदायिक बनमा रहेको करिब ८ विगाहा क्षेत्रमा छाडा पशु चौपायाको व्यवस्थापन गर्न गौ संरक्षण केन्द्र्र निर्माण गरी सञ्चालनमा ल्याइएको छ । फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन नगरपालिकाको बीचमा फोहोरमैला प्रशोधन केन्द्र्र निर्माणाका लागि जग्गा प्राप्ति र इआईएको काम सम्पन्न गर्दै निर्माणको काम भइरहेको छ । सहकारीमार्फत फोहोरमैला व्यवस्थापनका गर्ने कामका लागि शिवनगरमा फोहोरमैला व्यवस्थापन केन्द्र्र निर्माण भएको छ । रानीगंज र देविनगरमा अस्थायी ल्याण्डफिल्ड साइट निर्माण गरिएको छ भने भ्याकु, कम्प्याक्टरलगायतका साधनहरु खरिद गरिएको छ ।

–सामुदायिक बनहरुमा एक वन बहुपोखरी कार्यक्रम अन्र्तगत हालसम्म १९ वटा पोखरीहरु निर्माण गरिएकोे छ । विपद् व्यवस्थापन गुरुयोजना निर्माण गरी त्यसको कार्यान्वयन गर्ने तथा पूर्व तयारी भण्डारण केन्द्र्र सञ्चालनमा ल्याउने काम भएको छ । बाढी पहिरो तथा विपद्को जोखिम न्यूनीकरण गर्न ग्याविन तारजाली लगाउने, च्यानलाइजेशन गर्ने, तटबन्ध निर्माण गर्ने, नहर निर्माण गर्ने तथा वृक्षरोपण गर्ने लगायतका कामहरु भइरहेका छन् ।

–तिनाउ सरसफाई अभियानको १०० हप्ता पूरा गर्ने, समुदायस्तरमा विभिन्न सरसफाई अभियानहरु सञ्चालन गर्ने, १७,००० भन्दा बढी डस्बिनहरु वितरण गर्ने, ९,००० मिटर नाला मर्मत तथा नियमित सफाई गर्ने काम भएको छ । विभिन्न स्थानमा १०,००० बोटविरुवाहरु वृक्षरोपण तथा ७,००० फलफुलका विरुवा समेत रोप्ने, राजमार्गका डिभाइडरहरुमा फुलबारी निर्माण गर्ने तथा ७ वटा हरियाली पार्कहरु निर्माण गर्ने काम भएको छ ।

७. सामाजिक विकास

–मानवताको शहर निर्माणका लागि बेसाहारा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बुटवल कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस अवधिमा करिब २ हजार जनालाई उद्धार गर्ने काम भएकोे छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई डिजिटाइजेशन गरिएको छ । लैगिंक हिंसामुक्त शहरको कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । नेपाल प्रहरीसंगको सहकार्यमा पुनःस्थापना केन्द्र्र सञ्चालनमा ल्याइएको छ ।

–संघसंस्थाको सहकार्यमा सडक बालबालिका तथा हिंसापीडित महिला पुनःस्थापना केन्द्र्र सञ्चालनमा ल्याइएको छ । यस अवधिमा १,१२० जना सडक आश्रित बालबालिकालाई उद्धार गर्ने, सुधार केन्द्र्रमा पठाउने, पारिवारिक पुनर्मिलन गराउने काम भएको छ भने ७५० महिलालाई उद्धार गर्ने तथा सेफ हाउसमा राख्ने काम भएको छ ।

विभिन्न जातजातिहरुको उत्थान समिति गठन गरी लक्षित कार्यक्रमहरु सञ्चालन गरिएको छ । कला,साहित्य, प्रतिष्ठान गठन गरी कला साहित्य क्षेत्र लक्षित कार्यहरु सञ्चालन गरिएको छ । १ वडा १ जेष्ठ नागरिक मिलन केन्द्र्र निर्माण अभियान अन्र्तगत नगरका विभिन्न वडाहरुमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण भएका छन् । जेष्ठ नागरिक र अपागंता भएका व्यक्तिहरुको परिचयपत्र वितरण भइरहेको छ । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई छडी, चस्मा, ह्वील चियरलगायतका सामग्रीहरु सहयोग गरिएको छ । बैकिङ्ग प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता नागरिकको घरदैलोमा पुराउने काम भएको छ ।

८. भूमि व्यवस्थापन तथा जग्गा संरक्षण

–बुटवलको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्ने प्रभावकारी पहल गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान गर्न २०,००० अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुको लगत संकलन तथा इन्ट्री गर्ने, २०० विगाह नापजाँच गर्ने र निस्सा वितरण गर्ने काम सम्पन्न भएको छ । तीन सय कन्ट्रोल प्वाइन्ट स्थापना गरी बाँकी जग्गाको नापजाँच चलिरहेको छ ।

सेमलार, मोतिपुरलगायतका स्थानमा नापी कार्यालयको सहकार्यमा करिब १,१०० घरपरिवारलाई गाउँब्लक अन्र्तगतको जग्गाधनी पूर्जा प्रमाणपत्र वितरण गरिएको छ भने वडा नं. १,२ लगायतका स्थाल बहाल बिटौरीको लालपूर्जा वितरण गर्ने काम भएको छ । सेमलार, नयाँगाउँ, देविनगर, बुद्धनगरलगायतका स्थानमा गरेर करिब १०० विगाह सार्वजनिक जग्गा उपमहानगरपालिकाले संरक्षणमा ल्याएको छ । बुटवल उपमहानगरपालिकामा रहेका १७० खरका छानाहरुलाई जस्तापाताहरुले प्रस्तिथापन गरी खरको छानामुक्त घर निर्माण गर्ने अभियान सञ्चालन भएको छ ।

९. भवनसंहीता तथा नक्सा

–बुटवलले भवन संहीताको पालना गर्दै भवन सम्बन्धी नयाँ मापदण्ड पनि बनाएको छ । मोफसलमा बुटवलबाट सुरु भएको विद्युतीय घरनक्सा पास प्रणाली (ईबिपिएस) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । विगतमा विभिन्न कारणले घरनक्सा पास नभएका करिब ५,००० घरहरुलाई नियमित गर्दै अभिलेखीकरण प्रदान तथा नक्सापास स्वीकृत गर्ने काम भएको छ । १,००० वर्गफुट सम्ममा निर्माण हुने घरको सहुलियत दरमा घरनक्सा निर्माण सेवा उपमहानगरपालिकाबाटै उपलब्ध गराउने काम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । क्षतिपूर्तिसहितको घरनक्सा पास टाइमकार्ड निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।

१०. अन्य महत्वपूर्ण काम

–५ वर्षे आवधिक तथा १५ वर्षे विकास गुरुयोजना निर्माण गरी त्यसको कार्यान्वयन भइरहेको छ । देवीनगरमा बहुउद्देश्य खुलामञ्च निर्माणको काम शुरु भएको छ ।

–जिआईएस म्याफमार्फत सडक तथा घरहरु पहिचान गर्न सकिने डिजिटल हाउस नम्बरिङ्गको काम सम्पन्न भई कार्यान्वयनमा आएको छ ।

–मोतिपुर र सेमलारमा सेटलाइट सिटी तथा उपशहर निर्माण गर्नका लागि जग्गा एकिन गर्ने, गुरुयोजना निर्माण गर्ने काम सम्पन्न भएको छ ।

–चीनको ऐतिहासिक तथा सामरिक शहर सियानसंग भगिनी सम्बन्ध कायम गर्दै अनुभव तथा सहयोग आदान प्रदान गर्ने काम भइरहेको छ ।

–बेलायत सरकार अन्तर्राष्ट्रिय विकास मन्त्रालयसंगको सम्झौतामार्फत बुटवलमा आर्थिक विकास परियोजना लागू गरिएको छ ।

–बैशाख ७ गतेलाई जीतगढी विजयोत्सवकारुपमा मनाउने निर्णय गर्दै त्यसको कार्यान्वयन गरिएको छ ।

–एप्सको प्रयोग गरी घरदैलो सर्भेक्षणमार्फत भौगोलिक, जनसांख्यिक, आर्थिक तथा सामाजिक अवस्थासहितको वस्तुगत तथ्याङ्क संकलन गरी बुटवल उपमहानगरपालिकाको प्रोफाइल तयार गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १५:४१