१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पाकिस्तानी प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री निवास छाडेर तीन बेडरुम भएको सामान्य घरमा


५ भदौ, काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेर तीन बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । प्रधानमन्त्री खानले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् ।

सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् । प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार रहेकोमा खानले २ वटा मात्र प्रयोग गर्ने भएका छन् ।

बाँकी कार उनले छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । साथै सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति बनाउने घोषणा खानले गरेका छन ।

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार १०:३०