६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

रुसी सैन्य विमान सिरियामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु


२२ फागुन, काठमाडौँ । रुसको एउटा सैन्य विमान सिरियामा दुर्घटना भएको छ । दुर्घटनामा परि विमानमा सवार २६ यात्रु तथा चालक दलका ६ जना सदस्यको ज्यान गएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक रिपोर्टका अनुसार रुसी सैन्य विमान खमेमिम एयरबेसमा उत्रँदै गर्दा दुर्घटनामा परेको हो ।

रुसले आफ्नो विमान दुश्मनको निशानामा नपरेको बताउँदै दुर्घटनाको प्रमुख कारण प्राविधिक गडबडी भएको बताएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार २२:१३