६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एमाले नेता माधवकुमार नेपाल वृद्ध भत्ताका लागि योग्य, बालुवाटारमा केक काटेर बाँडियो खुशी


२२ फागुन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल वृद्ध भत्ताका लागि योग्य भएका छन । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मंगलबार ६५ औँ जन्मोत्सव मनाएका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षको उमेरदेखि वृद्ध भत्ता दिने निर्णय गरेको थियो । एमाले स्थायी कमिटी बैठक पनि मंगलबार नै भएकाले नेपालको जन्मदिनको खुशी केक काटेर बाँडिएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ६५ औँ जन्मोत्सवका अवसरमा शुभकामना व्यक्त गरे । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार साँझ नेता नेपालको ६५ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले फूलको बुकी प्रदान गरेर उनलाई दीघार्यूको कामना गरे ।

यसैगरी, प्रधानमन्त्री ओलीले ‘बर्थ–डे केक’ खुवाएर नेता नेपाललाई शुभकामना दिए । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिँदै आफ्नो जन्मोत्सवको केक खुवाएका थिए ।

पार्टी स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार २१:२८