१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ


२२ वैशाख, काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार चार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रति तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार ११:४९