१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मुक्तिनाथ विकास बैंकको सिइओमा पुनः पोखरेल नियुक्त


२१ वैशाख, काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।

उनलाई मंगलबार बसेको बैंककाे सञ्चालक समितिको बैठकले  दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । उनी यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुने बैंकले जनाएको छ ।

पोखरेलले यसअघि नबिल बैंक, मेगा बैंक नेपालमा काम गरेका थिए । २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल पोखरेल डेभलपमेन्ट बैंकर्स असोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १५:०२