६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेप्सेमा दुई कम्पनीकाे बाेनस शेयर सूचीकृत, कुनकाे कति ?


२० वैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका १३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा समता घरेलु लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सको १३ लाख २ हजार ९६४.३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा समता घरेलु लघुवित्तको ५ लाख ७१ हजार २४०.३२ कित्ता र हिमालयन जनरल इन्स्योरेन्सको ७ लाख ३१ हजार ७२४ कित्ता बोनस सेयर रहेका छन्।

गत आर्थिक वर्षका लागि समता घरेलु लघुवित्तले २० प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सले ६.६५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:५३