७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मतदाताको खुट्टामा दाम चढाएर भोट माग्दै कांग्रेस नेता खनाल


१९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका एक नेताले मतदाताको खुट्टामा हजारको नोट चढाएर भोट माग्दै गरेको पाइएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका नेता अमृत खनालले मतदाताको खुट्टामा हजारको नोट चढाएर भोट मागिरहेका छन् ।

चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेको नेपाली कांग्रेसकै नेताहरूले बताएका छन । खनालले हैसियत हेरेर एक हाजार देखि तीन हजार रूपैयाँसम्म खुट्टा चढाएर भोट मागिरहेका छन । राप्रपासँग चुनावी तालमेल गरेका कांग्रेस उम्मेदवारको व्यवहारले स्थानीय छक्क परेका छन । निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उलंघनमा कारबाही गर्न सक्ने भए पनि उनीमाथि कारबाही गरेको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १३:४४