१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ओएनएफ वेस्टन अष्ट्रेलियामा नयाँ नेतृत्व, अध्यक्षमा तेजेन्द्र विक्रम मल्ल


१९ वैशाख, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाद्वारा आयोजित वेस्टन अष्ट्रेलिया राज्य स्तरिय भेलाले तेजेन्द्र विक्रम मल्लको नेतृत्वमा १९ सदस्यीय कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ ।

वेस्टन अष्ट्रेलियाको पर्थमा प्रवासी नेपाली मञ्च(ओएनएफ) अन्तर्राष्ट्रिय कमिटि सचिव रमेश पाण्डेको प्रमुख आतिथ्यमा भएको भेलाले उपाध्यक्षमा गुनाखर सुबेदी दिपक, सचिवमा गोपाल घिमिरे, सह सचिव याम पन्थी सहित सदस्यहरुमा यम केशी, मुक्ति सिम्खडा, प्रदिप न्यौपाने, प्रकाश घिसिङ, अनिल भुसाल, हिमाल राना, दिलिप पाण्डे, बिक्रम रेग्मी, क्रिस्टी उप्रेती, राजन घिमिरे रहको र चार जना पछि थप्ने गरि राज्य कमिटी गठन गरेको ओएनएफ अष्ट्रेलियाका सचिवालय सदस्य तथा वेस्टन अष्ट्रेलिया इन्चार्ज होमनाथ निरौलाले जानकारी दिए ।

यसै गरि भेलाले भैरब ढकाल, मधु पन्थी, अग्नी धर भण्डारी, माधव ढुङ्गाना, कृष्ण मान श्रेष्ठ, शेखर घिमिरे, सविन आचार्य रहेको र दुइ जना पछि थप्ने गरि सल्लाहका कमिटी समेत गठन गरेको छ । भेलालमा प्रमुख अतिथि सचिव पाण्डेले वर्तमान परिवेशमा नेपाल र नेपालीको पक्षमा मञ्चका अगुवा तथा सदस्यहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रस्ट पारेका थिए ।

भेलामा ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले ओएनएफ अष्ट्रेलियाको भावी योजना र कार्यक्रमका बारेमा प्रस्तुती दिएका थिए भने ओएनएफ अष्ट्रेलियाका सचिव शिशिर नेपाल, आर्थिक विभाग प्रमुख राम घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । सामाजिक अगुवा भैरव ढकालको अध्यक्षता, राज्य कमिटीका इन्चार्ज होम नाथ निरौलाको संचालन भएको भेलामा स्वागत मन्तव्य ओएनएफ अष्ट्रेलियाका नेता मधु पन्थीले राखेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १३:२५