७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नयाँ मतदाता आकर्षित गर्न यसो गर्न सकिन्छ


-किरण देउजा

निर्वाचन आयोगका अनुसार २०७४ को निर्वाचनमा मतदाताको सख्या १ करोड ५४ लाख २३ हजार ९३८ रहेको थियो । २०७९ बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नयाँ ३६ लाख ५९ हजार २ सय ९९ नयाँ मतदाताले भाग लिदैछन । निर्वाचन आयोगले २९ बैशाखसम्म १८ वर्ष पुरा हुनेलाई ३० बैशाखमा मतदान गर्न दिने निर्णय गरेको छ । यसो हुदा करिब डेड देखि दुई लाख थप युवाहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

नयाँ थपिएका करबि ३६ लाख भन्दा बढि मतदाता बीच पुग्न, एमाले पार्टी चिनाउन, अधिकांशलाई सूर्यमा नै मतदान गराउनु आजको प्रमुख चु्नौति हो । राजनीति प्रति चासो नराख्ने अहिलेका युवा पुस्ता, अलिअलि चासो राख्ने पुस्ता अझ भन्नु पर्दा गैर राजनितिक युवाहरुलाई राजनीत बारे चासो जोगाउनु प्रमुख चुनौति एमालेलाई मात्र होईन नेपालका राजनितिक दलहरु सबैलाई छ । अहिले स्थानीय निर्वाचनमा निर्णायक मत नै नयाँ मतदाता हुने कुरामा कुनै शंका नै छैन् । तसर्थ नयाँ मतदाताबीच कसरी जाने त ?

नयाँ पुस्ताका धेरै युवाहरु व्यक्तिगत रुपमा केपी ओलीको जर्बरजस्त फ्यान छन् । केपी ओलीको पक्षमा माहोल सिर्जना मात्र भएन मात्र हुन्न ति युवाहरुलाई एमालेमा नै अझ सूर्य चिन्हमा नै मतदान गराउन मेहनत गर्नु पछ । तर सबै केपी ओलीको मात्र फ्यान छैनन् । ति राजनीतिको “र” समेत मन नपराउनेसलाई राजनीतिप्रति आकर्षित गर्नु नै ठूलो सफलता मान्नुपछ ।

ती युवाहरुले भोट जहाँसुकै हाले पनि । चुनौती त छ नै, चुनौति छ भनेर चुप बस्ने अवस्था पनि छैन् । अब हामी त्यहाँसम्म कसरि पुग्ने त ? नेकपा एमाले प्रति कसरी आकर्षित गर्ने ?

-एमालेले तीन वर्ष सरकारको नेतृत्व गर्दा, गरेका महत्वपुर्ण कामहरुको ब्यापक रुपमा प्रचार प्रसार गर्ने।

-पूर्ववर्ती सरकार, एमालेको सरकार र अहिलेको परमादेशी सरकार वीच तुलना गरेर तथ्य सहित प्रस्तुत हुने ।

-एमालेले सरकारको नेतृत्व गर्दा र अहिलेको सरकारले आर्थिक अवस्था कहाँ पु¥यायो तुलना गरेर बताउने ।

-अघिल्लो निर्वाचनमा प्रतिबद्दता गरेका के-के कुराहरु पुरा भयो बताउने अनि बाकी रहेका कार्यभार पूरा गर्न सूर्यमा नै मतदान गर्न प्रेरित गर्ने ।

नेकपा एमाले सरकारले के-के गरेको थियो त ?

-लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर (चुच्चे) नक्सा जारी ।

-भूपरिवेष्ठितबाट भू–जडिट मुलुकमा परिवर्तन (जस्तैः चीनसँग पारवहन–सन्धी) ।

-यातायात क्षेत्रमा रहेको सिण्डिकेट तोडियो ।

-देशभर लगभग ९५ प्रतिशत तुईन विस्थापित भयो ।

-शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने व्यवस्था ।

-विकास पुवार्वाधारमा छलाङ्ग ।

-२०७२ सालमा आएको विनासकारी भुकम बाट ढलेका घर टहराको पुनर्निर्माण सम्पन्न, भूकम्पले ढलेका संरचनाहरू, धरहरा, रानीपोखरी, दरवार हाइस्कुल, काष्ठमण्डप, हनुमानढोका परिसर, सिंहदरवार, गुम्बा, मठमन्दिर लागायत ५६५ वटा सम्पदाहरू पूनःनिर्माण सम्पन्न, नीजि आवास ४ लाख ७० हजार, विद्यालय भवन ६ हजार ५००, सरकारी भवनहरू, स्वास्थ्य संस्थाहरू सबै निर्माण सम्पन्न भएकाछन् ।

-काठमाडौंको चक्रपथ विस्तार ।

-काठमाडौ–तराई द्रुतमार्ग ।

-पूर्व–पश्‍चिम राजमार्गको स्तरोन्‍नती ।

-मुङ्गलीन– पोखरा र काठमाडौं–मुङ्गलीन सडक विस्तार ।

-सूर्यविनायक–धुलिखेल सडक विस्तार ।

-मध्यपहाडी लोकमार्ग ।

-हुलाकी सडक आयोजना (सम्पन्‍न हुने चरणमा रहेको)

-मदन भण्डारी राजमार्ग ।

-आर्थिक कोरिडोरका रूपमा कोशी, गण्डकी, कर्णाली र गल्छी–त्रिशुली रसुवागढी सडक ।

-नागढुंगा–नौविसे सुरूङ्ग मार्गको निर्माण आरम्भ, जसको काम लकडाउनमा समेत रोकिएन ।

-ललितपुरको गोदावरीमा ३ हजार क्षमताको आधुनिक सभाहल निर्माण भयो ।

-बुटवलमा १ हजार २ सय क्षमताको अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्य आरम्भ गरियो ।

-लुम्बिनीमा ५ हजार अट्ने सभाभवन निर्माण अन्तिम ।

-काठमाण्डौको चोभारमा सुख्खा बन्दर गाहाको निर्माण ।

-७५३ वटै प्रत्येक पालिकामा १५ देखि २५ बेडको आधारभूत अस्पताल घोषणा र निर्माण प्रारम्भ ।

-सबै ७५३ वटै पालिकामा प्रशासनिक भवन निर्माण ।

-प्रत्येक पालिका केन्द्र जेड्ने पक्की सडक ।

-निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक ।

-तराइ/मधेशमा खरको छाना विस्थापन कार्यक्रम ।

-प्रत्येक वडा कार्यालय निर्माण (अधिकांश ठाउँमा बनेको) ।

-एकघर एकधाराको अवधारणासहित योजनाअगाडि बढेको ।

-हजारौं किलोमिटर बाटो कालोपत्रे ।

-ग्रामीण विद्युतीकरण ।

-गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नती र अरू धेरै विमानस्थलहरूको निर्माण ।

-मेलम्ची खानेपानी आयोजना सम्पन्न गरी काठमाडौंंमा पानी पु¥याउने काम सम्पन्न ।

-माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न गरी ४५६ मेघावाट विद्युत उत्पादन शुरू ।

-मुजफ्फरपुर ढल्केबर विद्युत ट्रान्मिसन लाईन निर्माण सम्पन्न गरी विद्युतमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ मुक्त गरिएको र अब यो अवस्थालाई अन्त्य गरी विद्युतमा परनिर्भरता अन्त्य र नेपाल विद्युत बेच्न सक्ने ठाउँमा पुगेको ।

-अन्य थप ३३३ मेघावाट विद्युत उत्पादन भई मुख्य प्रशारण लाईनमा जोडेको ।

-समृद्धिको सपनालाई यथार्थमा साकार पार्न लगानी सम्मेलन गरी ठूला ठूला विद्युत, सडक, पर्यटन र अन्य औद्योगिक क्षेत्रहरूको निर्माणमा सम्झौता र लागनी सुनिश्चित गर्ने काम भएको ।

-पृथकतावादि आन्दोलन चलाइरहेका सिके राउत र गृहयद्ध सुरु गर्न लागेका विप्लव समुहसँग वार्ता गरी शान्तिपूर्ण बाटोमा ल्याउन सम्झौता गर्न सफल भएको यसबाट पृथकतावादको अन्त्य हुनुको साथै हिंसाको शान्तिपूर्ण अवतरण भएको छ ।

माथि उल्लेख गरेका तथ्य सहित, आम जनताको घरदैलोमा जानुपर्छ । नयाँ मतदाताहरुको ध्यान सजिलै तान्न सकिन्छ । पुराना मतदाताहरुलाई सहजै कन्भिन्स गर्न सकिन्छ ।

लेखक देउजा पत्रकारिता विकासका सचिव हुन । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार २१:०९