४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

पाँच भाषामा ट्वीट गर्दै अोलीले भने ‘६ महिनामा मुलुकको विदेश नीतिको जग बस्यो’ (ट्वीटसहित)


३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले एकै दिन पाँच भाषामा ट्वीट गर्दै आफूले सरकार सम्हालेको ६ महिनाको अवधिमा मुलुकको विदेश नीतिको जग बसेको बताएका छन् ।

आइतबार ट्वीटरमार्फत उनले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको र सुशासन र विकासको आधारशीला तयार भएको उल्लेख गरेका छन । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिना पूरा भएको अवसरमा ओलीले नेपाली, भोजपुरी, मैथली, नेवारी र अंग्रेजी भाषामा ट्वीट गरेका हुन् ।

ट्वीटमार्फत प्रधानमन्त्री ओलीले सुशासन र विकासको आधारशीला तयार भएको आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

अोलीको ट्वीट–१


अोलीको ट्वीट–२


अोलीको ट्वीट–३


अोलीको ट्वीट–४


अोलीको ट्वीट–५

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १७:१९